लमजुङको सारिङबाट सदरमुकाम बेंशीसहर जाँदै गरेको जिप मकैडाँडा मोडमा दुर्घटना भएको छ । दुर्घटनामा परि चालकसहित २२ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ ।
ग १ ज ८५५१ नम्बरको जिप आज बिहान ११ः२० बजे दुर्घटना भएको थियो ।
गम्भिर घाइते भएका ५ जनालाई चितवनको भरतपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक राजकिशोर साहले बताए ।
घाइतेहरूमा बेसीशहर-७, बस्ने ४० बर्षीय राजु रिमाल, बेसीशहर-६, बस्ने ४० बर्षीया बिमला अधिकारी, ३६ बर्षीय केशव विक, ५ बर्षीय अशिम विक, १९ बर्षीया सुमना सेन्चुरी, ४५ बर्षीय राधा रिमाल र ४७ बर्षीया विमला कार्की, बेसीशहर-३, गाउँशहर बस्ने ३० बर्षीया सृजना भुजेल, ८ बर्षीय विवश भुजेल, २१ बर्षीय बिकास भुजेल, बेसीशहर-६ बस्ने २९ बर्षीया सुविसा थापा, २४ बर्षीय राजेश बस्याल, २४ बर्षीया निशा भण्डारी, ३ बर्षीय रियान बस्याल, ३५ बर्षीय भविश्वर भण्डारी, १६ बर्षका कृतन भण्डारी, १९ बर्षकि सुस्मा रिमाल, ४१ बर्षीय राजेन्द्र रिमाल, १३ बर्षकि सोनिया सेन्चुरी, ४५ बर्षीया राधा रिमाल लगायत छन् ।
सामान्य घाइते रहेका जिप चालक बेसीशहर- ६, बस्ने ५८ बर्षीय कृष्ण बहादुर रिमाल प्रहरी नियन्त्रणमा छन् ।
सम्बन्धित खबर
रास्वपाको चुनाव प्रचार गर्ने गाडीले ठक्कर दिँदा ४ जना घाइते
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
लमजुङमा आफैले चलाएको ट्याक्टर पल्टिँदा च्यापिएर मृत्यु
ड्रोनले भेट्टायो कच्याककुचुक अवस्थामा कार, ४ दिनदेखि वेपत्ता युवा मृत फेला
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह