पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८, ल्वाङमा १९ फिट अग्लो बुद्ध मूर्ति र बुद्ध पार्क स्थापना गरिएको छ ।
पोखरा १, सिम्पानी निवासी बलबहादुर र देवसुवा गुरुङ दम्पतीले आफन्तको स्मृतिमा उक्त मूर्ति स्थापना गरेका हुन् । ल्वाङ गाउँबाट चियाबगान जाने उकालोमा उक्त मूर्ती स्थापना गरिएको स्थानीय भरत गुरुङले जानकारी दिए ।
बाजे धर्मराज गुरुङ, बज्यै माया गुरुङ, बुवा दिलबहादुर र आमा तुलसी गुरुङको स्मृतिमा उक्त मूर्ति स्थापना गरिएको हो । गुरुङ दम्पतीले निर्माणमा ३० लाख २४ हजार सहयोग गरेका हुन् ।
शुक्रबार उक्त मूर्तिको गुरुङ दम्पतीले नै अनावरण गरे । त्यस क्रममा लामा धर्मगुरु खेम्पो कुङ्गा ढुन्दुक र लामा टाशी वान्गेलको नेतृत्वमा पूजाआजा गरिएको थियो । कार्यक्रममा ल्वाङवासी तथा पोखरा, काठमाडौं र विदेशबाट आएका शुभेच्छुक र चन्दादाताको उपस्थिति थियो ।
यसबाट ल्वाङमा अर्को पर्यटकीय गन्तव्य थपिएको उनले बताए । ‘ल्वाङ गाउँमा आउने पर्यटकहरु एकपटक चियाबगान हेर्नका लागि पुगिहाल्छन्,’ उनले भने, ‘यो मूर्ति बगान जाने बाटोमै बनाइएको छ । जसले गर्दा उकालोको थकान मेटाउन यसले सघाउनेछ ।’
सम्बन्धित खबर
छठका माध्यमबाट एकताको सन्देश प्रवाह: प्रदेश प्रमुख भट्ट
रास्वपाले पोखरामा प्रदर्शन जारी राख्ने
२४ वर्षपछि बागलुङको निरयघाटमा हरिबोधनी एकादशी मेला हुँदै
गल्याङमा एक महिलाको लास फेला
भोलिदेखि पोखरामा ‘क्रस कन्ट्री दौड’सहितका विविध कार्यक्रम
सर्वोच्चले दोषी ठहर गरेपछि मनाङे फरार
यो पनि पढौँ
तनहुँको याम्पाफाँटमा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय युवकको मृत्यु
भैलो खेलिरहेको स्थानमा बस गुड्दा २ जनाको मृत्यु, ३५ जना घाइते
नवलपरासीमा देउसी भैलोको गाडी दुर्घटना
तीन जना सवार कार पोखरीमा डुब्यो, दुईको शव फेला, एक जना पौडिएर बाँचे