नवलपुरका विभिन्न स्थानमा ३ दिनदेखि लगातार छोटोछोटो ठूलो झरी भइरहेको छ । काटेर राखेको धान लगातारको झरीले खेतमै भिजेपछि किसान चिन्तित भएका छन् ।
कृषि ज्ञान केन्द्र नवलपुरका कार्यालय प्रमुख कुलप्रसाद तिवारीले पानीले कति क्षति भयो भन्ने विषयमा भने तथ्यांक आइसकेको छैन । उनले भने, ‘कही कतैबाट धान भिज्यो भनेर किसानले खबर गरेको छैन । पालिकाहरुले पनि खबर गरेको छैन । हामी दौडेर तथ्यांक संकलन गर्न सकिने अवस्था पनि छैन ।’
तिवारीले यो पानीले नवलपुरमा १० देखि २० प्रतिशतसम्म धान उत्पादन घट्ने बताए । उनका अनुसार काटेर सुकाएको धान तथा पाकेर काट्न ठिक्क परेका दुवै धानलाई पानीले असर गरेको छ ।
भिजेको धानलाई तत्काल झाँटेर सुकाउन सके धान कुहिन र उम्रिनबाट बचाउन सकिने तिवारीले बताए । त्यसैगरी भिजेको धानलाई तत्काल मिलमा लगेर कुटाए धान बिग्रनबाट जोगिन उनले किसानलाई सुझाव दिएका छन् ।
खेतमा धान त्यतिकै राखे वा तत्काल नझाँटे धान उम्रन सक्ने उनले बताए । बोटमै पाकेको धान पनि ३ दिन लगातार पानीले भिजे पछि बोटकै पनि उम्रन सक्ने उनले बताए ।
तिवारीले भने, ‘हाइ टेम्प्रेचर छ । पानीले भिज्ने र घाम पर्ने भर्ईरहने धान खेतमै राखिराखे बाटमै उम्रन्छ त्यसैले जस्तो छ । त्यस्तो अवस्थामा स्याहारेर मिलमा कुटाइहाल्नु उपयुक्त हुन्छ ।’
किसानले वर्ष भरी खान पुग्ने गरी गरेको धान खेती स्याहार्ने बेलामा पानीले भिजेपछि किसान चिन्तित बनेका छन् । गत वर्ष पनि नवलपुरमा धान स्याहार्ने बेलामा पानी परेर किसानलाई क्षति पुर्याएको थियो ।
नवलपुरमा १८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ । गत ११ र १२ असोजमा आएको पानीले पनि धानमा क्षति पु¥याएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख तिवारीले बताए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह