पोखरा । सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति पोखरा सहकारी बचत पीडित संघ कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू घरघरमा पुगेर सहकारी पीडितलाई भड्काउने काम गरेको भन्दै आपत्ति जनाएकाे छ । बुधबार विज्ञप्ति प्रकाशित गरी संघले यस्तो आपत्ति जनाएको हो ।
संघले बचत फिर्ताको माग गर्दै बिहीबार बिहान ११ बजे पोखराको मुस्ताङचोकमा बृहत प्रदर्शन गर्ने जनाएको छ ।
संघद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बचाउ अभियानमा उक्त पार्टीका नेता र कार्यकर्ताले पोखराको शान्त वातावरण नै बिथोल्ने गरी पीडित बचतकर्ताबिरुद्ध गरेको कार्यक्रम, नाराबाजी, भाषणका साथै टोलटोल र घरघरमा पुगी पीडित बचतकर्तालाई भड्काउने गरेको कामप्रति हामी घोर आपत्ति प्रकट गर्दछौँ ।’
संघले सहकारीको बचत फिर्ता गर्ने र अनुसन्धानलाई नै प्रभावित गर्ने गरी भइरहेको प्रदर्शन तत्काल रोक्न माग गरेकाे छ । संघले रास्वपाका नेता कार्यकर्ताले पीडितलाई लखेट्ने र पिट्ने गरेको आरोप लगाउँदै रास्वपा सरकारमा हुँदासमेत आफूहरूले गुहार माग्दा कुनै सहयोग नपाएको गुनासो गरेको छ ।
विज्ञप्तिमा थप भनिएको छ, ‘विगत दुई वर्ष अगाडिदेखि यो पार्टी सरकारमा हुँदा या नहुँदा पार्टीका नेतासँग हारगुहार गर्दा, कैयन पटक ज्ञापन पत्र बुझाउँदा पीडितको समस्या समाधानका निम्ति बिन्ती बिसाउँदा पनि कहिल्यै कुनै सर सहयोग नभएको कुरा छर्लङ्ग छ ।’
‘तर आज पार्टी सभापति नै अनुसन्धान को दायरामा आउँदा झोलामा पीडितको पैसा बोकी फिर्ता दिने हो की जस्तो गरी टोलटोलमा गरिएको भाषणले जब पार्टी सभापति पक्राउ परे तब घैँटोमा धाम लागेजस्तो देखिएको छ, यो विषयले हामी सहकारी पीडित झनै सशङ्कित भएका छौँ’, संघले विज्ञप्तिमार्फत दुःखेसो पोखेको छ ।
आफूहरुको गम्भीर विषयमा राजनीति भइरहेको भन्दै समितिले प्रश्न गरेको छ, ‘विगत १० महिना अघि नै उहाँको पार्टी सभापतिविरुद्ध परेको किटानी जाहेरीको विषयमा के हेरिरहनु भयो ? किन कहिल्यै पीडित बचतकर्तासँग कुनै सर सल्लाह भएन ? त्यसैले अहिलेको यो प्रदर्शन र कार्यक्रमको कुनै औचित्य नभएको प्रस्ट छ ।’
आन्दोलनमा जनसहभागिता नदेखिएपछि रास्वपाका नेताहरु पोखरेलीको घरघरमा पुगेर आन्दोलनमा समर्थन गरिदिन आग्रह गरेका थिए । आन्दोलनमा देशभरबाट पोखरा आएका रास्वपाको कार्यकर्तामात्रै देखिन्छन् ।
यस्तो छ विज्ञप्ति

सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर