स्याङ्जाको पुतलीबजार नगरपालिका -७ ठुलाडिहीमा आयोजित चौँथो ठुलाडिही कपको उपाधी पुतलीबजारले जितेको छ ।
ठुलाडिही रि-युनाईटेड क्लब ठुलाडिहीद्वारा आयोजित वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा पहिलो सेट गुमाएको पुतलीबजार नगरपालिका -७ ठुलाडिहीले तनहुँको शुक्लागण्डकी नगरपालिका -१२ लाई ३-१ को सेटमा १८-२५, २५-१८, २५-१५ र २५-११ अङ्कले पराजित गर्दै उपाधि जितेको हो।
उपाधि जितेसङ्गै पुतलीबजारले एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको हो। उपविजेता शुक्लागण्डकीले भने ट्रफी, मेडल र प्रमाणपत्रसहित ५० हजार रुपियाँमा चित्त बुझाएको हो।
ठुलाडिही खेलमैदानमा भएको उक्त प्रतियोगितामा पुतलीबजार न.पा. -१२ पेल्काचौरले पुतलीबजार न.पा. -५ पौवेगौंडेलाई ३-० को सोझो सेटमा पराजित गर्दै तृतीय भएको खेल संयोजक उत्तम थापाले जानकारी दिए ।
पेल्काचौरले पौवेगौंडेलाई २५-१३, २५-२०, र २५-२२ अङ्कले पराजीत गरेको हो। प्रतियोगितामा तृतीय भएको पेल्काचौरले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको हो ।
`हाम्रो गौरव, हाम्रो सान, हाम्रो ठुलाडिही´,`स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद´ भन्ने मूल नारालाई आत्मसात गर्दै कार्तिक ५ गतेदेखि ठुलाडिही बहुउद्देश्यीय खेलमैदानमा प्रतियोगिता शुरु भएको थियो ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह