मुस्ताङ । उपल्लो मुस्ताङमा लागु भएको निषेधित तथा नियन्त्रित क्षेत्रलाई यथाशीघ्र हटाउन मुस्ताङका जनप्रतिनिधिहरुले सरकार समक्ष माग गरेका छन् । जिल्ला समन्वय समिति मुस्ताङसहित जिल्लाका ५ वटै स्थानीय तहका जनप्रतिनिधिहरुले सामुहिक ऐक्यवद्धता जनाउँदै यस्तो माग राखेका हुन् ।
नेपाल—चीन उत्तरी कोरलानाकामा अध्यागमन कार्यालय उद्घाटन गर्न पुगेका गृहमन्त्री रमेश लेखकलाई २ बुँदे ज्ञापनपत्र पेश गर्दै मुस्ताङको ३ पालिकामा लगाएको निषेधित तथा नियन्त्रित क्षेत्रलाई खारेज गरी त्यस क्षेत्रको पर्यटनलाई चलायनमान बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
जिल्ला समन्वय समिति प्रमुख माया गुरुङ, उपप्रमुख आईतेलाल थकालीसहित ५ वटै स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष लगायतले सामूहिक रुपमा गृहमन्त्री लेखकलाई ज्ञापन पत्र बुझाएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए ।
अध्यक्ष लालचनका अनुसार निषेधित क्षेत्र हटाउन र मुस्ताङमा कालिगण्डकी नदीमा थुप्रिएको ढुंगा, गिट्टी र बालुवाको समुचित व्यवस्थापनका लागि कानुनी जटिलता हटाउन माग गरिएको हो ।
सरकारले कोरलानाकामा अध्यागमन कार्यालय स्थापना गरेपनि निषेधित क्षेत्र रहँदासम्म नाका खुलेको सार्थकता नहुने जनाइएको छ । कोरलानाकाको ढोका खुल्ला भएको सन्देश प्रवाह भएपनि निषेधित क्षेत्रमा लगाएको चर्को पर्यटन रोयल्टी शुल्कले पर्यटन प्रर्वद्धनमा असर पुगेको ज्ञापनपत्रमा जनाइएको छ ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह