पोखरा । नेकपा एमालेका युवा नेता अर्जुन अधिकारीले आफ्नी आमा दुर्गादेवी अधिकारीको स्मृतिमा पोखरा चिसाखोला वेद विद्याश्रमका वटुकलाई भोजन दान गरेका छन्।
आमाको ४५ औं दिनको पुण्य तिथिमा अधिकारीले त्यहाँ आवाशिय रुपमा रहेका करिव २८ जना वटुकलाई विहानको भोजन गराउनुका साथै आमाको स्मृतिमा अक्षयकोष स्थापना गरेका हुन् ।
अधिकारीले अक्षयकोषका लागि नगद ५ हजार ५ सय ५५ रुपैयाँ विद्याश्रमका प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सीनालाई हस्तान्तरण गरे ।
त्यस अवसरमा तिमिल्सीनाले धार्मिक कार्यमा युवाको अग्रसरता लोभ लाग्दो रहेको बताउँदै युवा नेता अधिकारीको कार्यले समाजमा सकारात्मक सन्देश दिएको उल्लेख गरे ।अधिकारीले सानो रकमवाट अक्षयकोषको शुरुवात गरेको बताउँदै कोषमा आगामी दिनमा थप सहयोग गरिने बताए ।
विद्याश्रममा ४७ जना आवाशीय रुपमा बस्दै आएको र १ सय ४८ जना अध्ययनरत रहेको प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सीनाले जानकारी दिए । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टका स्वकिय सचिव समेत रहेका अधिकारीले यस अघि आमाको स्मृतिमा महेन्द्र मावि घार्मीमा पनि अक्षयकोष स्थापना गर्नुका साथै ओमकारेश्वर महादेव मन्दिरमा भेटी वापत उठेको रकम सहयोग गरेका थिए ।
पोखरा १९ घार्मी निवासी अधिकारीको गत असोज ४ गते ६० वर्षको उमेरमा निधन भएको थियो ।
सम्बन्धित खबर
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बिटी कपमा सेमिफाइनल समिकरण पूरा, फाइनल खेल बिहीबार
माघ २७ देखि आहा ! रारा पोखरा गोल्ड कप
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला