सहकारी संस्थाको बचत ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान दिएका छन् ।
बिहान ११ बजे कास्कीबाट श्रीएयरलाइन्सको जहाजमार्फत भैरहवा लगिएका उनीसँग सरकारी वकिलले बयान लिएका छन् ।
बयानपछि उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिएको छ ।
उनले सरकारी वकिलको कार्यालयको बार्दलीबाट समर्थक र पत्रकारहरूतिर फर्किएर छोटो टिप्पणी गर्न भ्याए । लामिछानेले प्रहरी नियन्त्रणमा हुँदाहुँदै दोस्रोपटक प्रतिक्रिया दिएका हुन्।
सरकारी वकिलसँग बयानपछि बार्दलीबाट भ्यानतर्फ झार्ने क्रममा उनलाई समर्थकहरूले ‘रवि दाइ डन्ट ओरी’ भन्दै हौसला दिए। रविले पनि बार्दलीबाट थम्स अप गर्न भ्याए ।
त्यसपछि उनले बार्दलीबाट झर्नै लाग्दा दबिएको स्वरमा भने, ‘खोरमा थुँनिदैमा बाघ स्याल हुँदैन ।’ रविले बोल्न भ्याएपछि अत्तालिएका प्रहरी अधिकारीले उनलाई तत्कालै ठेल्दै भ्यानतिर लिएर गए । यसअघि पोखरामा पनि उनले अदालत परिसरमा बोल्दा विवाद भएको थियो।
लामिछानेलाई आजै पोखराबाट बयानको लागि त्यहाँ लगिएको हो । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा राखिएको छ ।
सम्बन्धित खबर
ग्यास अभावमा व्यवसाय बन्द हुनथालेपछि भारतबाट फर्कन थाले नेपाली
नेविसंघले गर्यो माउ पार्टी कांग्रेससँग सम्बन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने निर्णय
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह