भोलि शुक्रबार अर्थात् कात्तिक ३० देखि प्रदर्शन हुने फिल्म ‘ह्रस्व दीर्घ’को बुकिङ खुलेको छ।
देशकै ठुलो मल्टिप्लेक्स हल लगायतले बुधबारदेखि नै फिल्मको बुकिङ खुलाएका छन्। क्यूएफएक्स सिनेमाजले फिल्मलाई उपत्यकामा २० सो र उपत्यकाबाहिर २५ सो गरी ४५ सो दिएको छ।
आईएनआई सिनेमाजले ८ सो र वान सिनेमाज ९ सो दिएको छ। त्यस्तै उपत्यकाको अन्य हल एफक्यूब, बिग मुभिज र रञ्जनामा ५/५ सो पाएको छ। फिल्मले बिएसआर मुभिजमा ४ सो र सिडिसी सिनेमाजमा तीन सो पाएको छ।
बिहीबार बेलुकासम्म शो संख्या अझै वृद्धि हुने देखिएकाले अपडेटेड रेकर्ड प्राप्त हुन बाँकी छ । अझै कतिपय हलले बुकिङ खुलाउन बाँकी रहेकाले शो संख्या अझै बढ्ने निश्चित छ ।
कात्तिक ३० मै प्रदर्शन हुने भनिएको फिल्म ‘केटी हराएको सूचना’ काे स्थगित हुनु र दक्षिण भारतीय फिल्म ‘कंगुवा’ नेपालमा प्रदर्शन नहुने भएपछि ‘ह्रस्व दीर्घ’लाई सो संख्यामा केही राहत मिलेको छ।
चन्द्र पन्तले निर्देशन गरेको फिल्म प्रेम कथामा आधारित छ। यो फिल्मलाई अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीले निर्माण गरेका हुन् ।
फिल्ममा प्रेम जीवनमा आइपर्ने उतारचढावलाई प्रस्तुत गरिएको छ। हरिहरको कथा रहेको फिल्ममा उनीसहित प्रतीक पौडेल, निर्देशक पन्तको पटकथा तथा संवाद छ।
फिल्मको मुख्य भूमिकामा अभिनेत्री नीता ढुङ्गाना र अभिनेता हरिहर अधिकारी नै छन्। भारतीय कलाकार र नेपाली कलाकारको फ्युजन रहेको फिल्ममा ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीको अभिनय छ।
एक समयकी सफल अभिनेत्री विपनाले ‘ह्रस्व दीर्घ’बाट १३ वर्षपछि नेपाली रजतपटमा कमब्याक गरेकी हुन् । यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली सिनेमा हो ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्म नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ । फिल्मको लगानी ६ करोड रुपैयाँ छ ।जुन नेपाली फिल्म क्षेत्रमा ठूलो बजेट हो ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
मेयर बालेन शाहलाई पितृशोक
आठौँ सामाजिक सुरक्षा दिवसमा चरक मेमोरियल हस्पिटललाई सम्मान
केपी ओलीको भाषण हटाउन मिडियालाई पत्र काटेकोमा आपत्ति
१४५ विद्यार्थीलाई न्यानो कपडा वितरण
रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’