भोलि शुक्रबार अर्थात् कात्तिक ३० देखि प्रदर्शन हुने फिल्म ‘ह्रस्व दीर्घ’को बुकिङ खुलेको छ।
देशकै ठुलो मल्टिप्लेक्स हल लगायतले बुधबारदेखि नै फिल्मको बुकिङ खुलाएका छन्। क्यूएफएक्स सिनेमाजले फिल्मलाई उपत्यकामा २० सो र उपत्यकाबाहिर २५ सो गरी ४५ सो दिएको छ।
आईएनआई सिनेमाजले ८ सो र वान सिनेमाज ९ सो दिएको छ। त्यस्तै उपत्यकाको अन्य हल एफक्यूब, बिग मुभिज र रञ्जनामा ५/५ सो पाएको छ। फिल्मले बिएसआर मुभिजमा ४ सो र सिडिसी सिनेमाजमा तीन सो पाएको छ।
बिहीबार बेलुकासम्म शो संख्या अझै वृद्धि हुने देखिएकाले अपडेटेड रेकर्ड प्राप्त हुन बाँकी छ । अझै कतिपय हलले बुकिङ खुलाउन बाँकी रहेकाले शो संख्या अझै बढ्ने निश्चित छ ।
कात्तिक ३० मै प्रदर्शन हुने भनिएको फिल्म ‘केटी हराएको सूचना’ काे स्थगित हुनु र दक्षिण भारतीय फिल्म ‘कंगुवा’ नेपालमा प्रदर्शन नहुने भएपछि ‘ह्रस्व दीर्घ’लाई सो संख्यामा केही राहत मिलेको छ।
चन्द्र पन्तले निर्देशन गरेको फिल्म प्रेम कथामा आधारित छ। यो फिल्मलाई अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीले निर्माण गरेका हुन् ।
फिल्ममा प्रेम जीवनमा आइपर्ने उतारचढावलाई प्रस्तुत गरिएको छ। हरिहरको कथा रहेको फिल्ममा उनीसहित प्रतीक पौडेल, निर्देशक पन्तको पटकथा तथा संवाद छ।
फिल्मको मुख्य भूमिकामा अभिनेत्री नीता ढुङ्गाना र अभिनेता हरिहर अधिकारी नै छन्। भारतीय कलाकार र नेपाली कलाकारको फ्युजन रहेको फिल्ममा ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीको अभिनय छ।
एक समयकी सफल अभिनेत्री विपनाले ‘ह्रस्व दीर्घ’बाट १३ वर्षपछि नेपाली रजतपटमा कमब्याक गरेकी हुन् । यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली सिनेमा हो ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्म नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ । फिल्मको लगानी ६ करोड रुपैयाँ छ ।जुन नेपाली फिल्म क्षेत्रमा ठूलो बजेट हो ।
सम्बन्धित खबर
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
‘ग्यासको अवैध कारोबार भएको थाहा पाए ११३७ मा फोन गर्नू’
सर्वोच्चमा रवि लामिछानेसम्बन्धी मुद्दा पुनः ‘हेर्दाहेर्दै’मा, मंगलबार फेरि सुनुवाइ हुने
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
कस्टमर ग्रुप नेपालद्वारा पाल्पाको विद्यालयलाई सहयोग
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह