पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराले राष्ट्रिय कर दिवसका अवसरमा सप्ताहव्यापी कर दिवस मनाउने भएको छ।
“कर प्रणालीको सार, लगानीको आधार” भन्ने नाराका साथ राष्ट्रिय कर दिवस २०८१ मंसिर १ देखि ७ गते सम्म विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो।
भोलि विहान ७:३० बजे पोखरा सभागृह देखि सृजनाचोक हुँदै रत्नचोक आन्तरिक राजस्व कार्यालयसम्म प्रभातफेरि गरी राष्ट्रिय कर दिवस २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम हुने छ। यसै गरी मंसिर २ गते कार्यालयबाट सेवा लिने प्रथम करदातालाई सम्मान गर्ने कार्यक्रम रहेको छ।
मंसिर २ गतेदेखि मंसिर ६ गतेसम्म वस्तुगत सँघ संगठनसँग अन्तरक्रिया, कर सम्बन्धि प्रशिक्षण कार्यक्रम र संचार माध्यममा अन्तर सम्वाद कार्यक्रम हुनेछन्। मंसिर ७ गते आन्तरिक राजस्व कार्यालय पोखरा परिसरमा उत्कृष्ट करदाताहरूलाई सम्मान गर्ने तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरी राष्ट्रिय कर दिवस समापन कार्यक्रम हुनेछ ।
आर्थिक ऐन, २०८१ ले गरेका व्यवस्था र छुट सुविधाका विषयमा करदातालाई जानकारी गराउने गरी जनचेतना कार्यक्रम आयोजना गरिने छ।
आर्थिक ऐन, २०८१ ले स्थायी लेखा नम्बर नलिई कारोबार गरिरहेका करदाताले स्थायी लेखा नम्बर लिएमा, आय विवरण बुझाउन बाँकी रहेका करदाताले आ.व. २०७९ /०८० सम्मको विवरण बुझाएमा र २०८० असार महिना सम्मको बुझाउन बाँकी मूल्यअभिबृद्धि कर विवरण र सो वापतको कर र ब्याजको ५० प्रतिशतले हुने रकम बुझाएमा फागुन मसान्तसम्म छुट सुविधा दिने व्यवस्था गरेको छ।
कार्यालयबाट कर दिवस तथा कर सप्ताह कार्यक्रमको अवसरमा करदाता शिक्षा कार्यक्रम, कर सम्बन्धि जनचेतनामूलक कार्यक्रम, आर्थिक ऐनमा भएका कर छुट तथा संशोधित कर कानूनको बारेमा करदातालाई सुसूचित गर्ने लगायतका विभिन्न कार्यक्रमहरू संचालन हुनेछन्।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह