पोखरा । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनलाई श्रद्धाञ्जली अर्पण गरिएको छ ।
कात्तिक २८ गते राति काठमाडौंमा निधन भएपछि उनलाई शनिबार बिहान पोखरा ल्याइको थियो । प्रदेश सभा परिसरमा आयोजित कार्यक्रममा मौनधारण गर्नुका साथै नेपालको राष्ट्रिय झण्डा ओढाइएको छ ।
प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मन्त्रीहरु, उपसभामुखले उनलाई राष्ट्रिय झण्डा ओडाए । त्यसअघि नेपाली कांग्रेस प्रदेश समितिका तर्फबाट प्रदेश सभापति शुक्रराज शर्मा, उपसभापति मेखलाल श्रेष्ठ, महामन्त्री विष्णुप्रसाद लामिछानेले पार्टीको झन्डा ओडाए । थकाली सेवा समितिले समेत समाजको झण्डा ओढाएको थियो ।
श्रद्धाञ्जली कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, सामाजिक अगुवा, थकाली सेवा समितिका प्रतिनिधि, आफन्त साथै पत्रकार उपस्थित थिए ।अन्त्येष्टि आजै म्याग्दीको बेनीमा गरिनेछ ।
डेंगुले गालेपछि असहज भएर अस्पताल लगिएकी गौचनको बुधबार राति काठमाडौंको गान्डी हस्पिटलमा निधन भएको थियो ।

गौचन प्रदेश सभामा नेपाली कांग्रेसबाट समानुपातिकका निर्वाचित सदस्य हुन् । प्रदेश सभामा सबै दलका गरी २२ जना महिला सांसद छन् । तीमध्ये एमालेका पद्मा जिसी श्रेष्ठ र सीता सुन्दास प्रत्यक्ष निर्वाचित हुन् ।
गौचन म्याग्दीको बेनी नगरपालिका–८ निवासी हुन् । उनको जन्म भने २०१८ असारमा १८ मा मुस्ताङको कोवाङमा भएको हो । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि, नेपाल महिला संघ म्याग्दीको पूर्व सभापति गौचनका १ छोरा र एक छोरी छन् । पति राम गौचनको २०६४ मा निधन भइसकेको छ ।
राजनीतिसँगै उनी पर्यटन व्यवसाय र समाजसेवामा क्रियाशील थिइन् । हाल उनले बेनीमा होटेल यती चलाउँदै आएकी थिइन् ।
दसैंअघि भदौ ३ मा मुस्ताङकै दामोदर कुण्ड पुगेका बेला लेक लागेर बिरामी परेकी थिइन् । मौसमका कारण हेलिकोप्ट पठाउन सम्भव नभएपछि नेपाली सेनाले स्थलमार्गबाटै उनको उद्धार गरेको थियो । गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिले आयोजना गरेको कालीगण्डकी करिडोर र कोरला नाकाको स्थलगत अनुगमन तथा निरीक्षणमा गौचन पनि सहभागी भएकी थिइन् । त्यतिबेला उनको स्वास्थ्य अवस्था राम्रो थियो ।
पछिल्लोपटक लगातार ज्वरो आएपछि उनी म्याग्दीबाट पोखरा आएर काठमाठौं गएकी थिइन् ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर