पोखरा । मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानले कास्कीमा रहेका ९ वटा सरकारी विद्यालयलाई ८ लाख बढीको शैक्षिक सामग्री वितरण गरेको छ । प्रतिष्ठानको २६ औं वार्षिकोत्सवको अवसरमा ८ लाख ५० हजार बराबरको शैक्षिक सामग्री वितरण गरेको हो ।
प्रतिष्ठानले शुक्रबार ९ विद्यालयलाई कम्प्युटर, प्रिन्टर, विज्ञान सामग्री तथा पुस्तकलगाएतको शैक्षिक सामग्री वितरण गरेको छ । जसमा निष्पक्ष मावि हुम्दी र उदय मावि धम्पुसलाई विज्ञान सामाग्री, प्रगतिशिल मावि सल्यान, सिर्जना सामुदायिक मावि सिमपाली र शुक्लागण्डकी मावि भलावटलाई कम्प्युटर प्रदान गरिएको मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानका सचिव डिल्लीराम गिरीले जानकारी दिए ।
त्यस्तै, विन्देश्वरी मावि पोखरा, भूमेश्वर मावि धिताल र धारापानी मावि अन्नपूर्णलाई पुस्तकालयका लागि पुस्तक वितरण गरियो । सल्यानको प्रगतिशिल माविलाई प्रिन्टर हस्तान्तरण गरिएको सचिव गिरीले बताए ।
कार्यक्रमको उदघाटन गर्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आजका बालबालिका भोलिको राष्ट्र निर्माणका लागि मानव पुँजी भएकाले विद्यालय पुर्याउनु मात्र दायित्व होइन, विद्यालयलाई उपयुक्त शिक्षा दिलाउन सक्ने व्यवस्थापन गर्ने दायित्व सबैको रहेको बताए ।

कार्यक्रममा प्रतिष्ठानका संस्थापक तथा परिकल्पनाकार डा. राम गिरीले उद्देश्य ठूलो लिनुपर्ने र सफलताको सूत्र भनेकै निरन्तर त्यसैमा लागिरहनुपर्ने सुझाए । ‘विगत २५ वर्षदेखि विद्यालयको शैक्षिक क्षेत्रमा सहयोग गर्न पाउँदा आभारी छु,’ डा. गिरीले भने ।
कार्यक्रममा प्रतिष्ठानका सचिव डिल्लीराम गिरीले वार्षिक प्रतिवेदन पढेर सुनाएका थिए भने प्रतिष्ठानका पूर्वसचिव गोपाल गिरीले स्वागत र कोषाध्यक्ष अनील लामिछानेले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे, माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष सीता अधिकारी, निष्पक्ष मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव गिरी, माछापुच्छ्रे गाउँपालिका वडा नं. ५ का अध्यक्ष नारायणप्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

मर्दीखोला शैक्षिक प्रतिष्ठानले २०५४ सालदेखि कार्य सुरु शैक्षिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ । पछिल्लो ४ वर्षमा कास्कीको शिक्षा क्षेत्रमा मात्रै २५ लाखभन्दा बढी सहयोग गरेको प्रतिष्ठानले जनाएको छ ।


सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ