पहिलो पाइला नेपाल पुतलीबजार स्याङ्जा शाखाको अध्यक्षमा पवन मरासिनी चयन भएका छन् ।
स्याङ्जाको पुतलीबजार नगरपालिका -१ स्थित ब्लु पर्ल इभेन्ट्सको सभाहलमा सम्पन्न दोस्रो शाखा अधिवेशनले मरासिनीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा सुवास कोइराला, सचिवमा देवदत्त (गोपि) सुवेदी, सह-सचिवमा स्वीकृति पोख्रेल, कोषाध्यक्षमा विशाल ढुंगाना, सदस्यहरुमा अशिम भण्डारी, यादव पौडेल, समिक्षा ढकाल र सुशीला रेग्मी रहेका छन् । महिला उपाध्यक्ष र सह-कोषाध्यक्ष भने पछि मनोनयन गरिने बताइएको छ ।
कार्यक्रममा पुतलीबजार नगरपालिकाकी उप-प्रमुख देवी अर्यालले युवाहरु विदेश पलायन हुँदै गर्दा यहीँ रहेर युवाहरुले नै सामाजिक संस्थामा संलग्न रहि सामाजिक सेवामूलक कार्यहरु गर्दै समाजमा पुर्याएको योगदान अतुलनिय रहेको बताइन् ।
उप-प्रमुख अर्यालले सदस्यता बढाउँदै, संजाल बढाउँदै गाउँ-गाउँसम्म पुग्ने कुरामा अझै दृढ संकल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिइन् । समाज रुपान्तरण गर्ने जिम्मा युवाहरुको हातमा, काँधमा आएको भन्दै सकारात्मक र राम्रा काममा पुतलीबजार नगरपालिका संस्थाको साथमा रहने नगर उपप्रमुख अर्यालले बताइन् ।
कार्यक्रममा सुभकामना मन्तव्य व्यक्त गर्दै पहिलो पाइला नेपाल केन्द्रिय कार्यसमिति सदस्य एवं स्याङ्जा शाखाको संस्थापक अध्यक्ष स्मृति काफ्लेले स्याङ्जामा संस्था स्थापना भएबाट नै सामाजिक काममा अग्रसर रहेको , विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिडको समयमा समेत औषधिहरु वितरण गरेको , न्यून आयस्रोत भएकाहरुलाई जतिसक्दो खाद्यान्न , लत्ताकपडा लगायतका अत्यावश्यक सामानहरु वितरण गरेको कुरामा प्रकाश पारेकी थिइन् ।
उनले स्याङ्जामा संस्था जन्माउने काम गरेको र यस संस्थालाई थप पालनपोषण गर्नका लागि सामुहिक सहयोग चाहिने बताउँदै विगतका समयमा थुप्रै रचनात्मक कार्य गरेकोमा जोड दिइन् । उनले विभिन्न कार्यक्रम जस्तै हाजिरीजवाफ कार्यक्रम , भाग्य बोक्ने झोला वितरण , न्यानो माया अभियान , कोभिड कै समयमा मर्कामा परेका विद्यार्थीलाई शैक्षिक सामाग्रीहरु वितरण , स्वास्थ्य , शिक्षा , सरसफाइमा अभियान समेत चलाएको बताइन् ।
उक्त कार्यक्रममा पिपिएन केन्द्रिय कार्यसमिति सदस्य रन्जित दनै, केन्द्रिय सदस्य मिहिर कर्ण, पोखरा शाखाका सचिव विमान अर्याल र स्याङ्जा शाखाका सल्लाहकार चन्द्रमणी पौडेल, सामुदायिक रेडियो स्याङ्जा तथा स्याङ्जा टेलिभिजनका कार्यक्रम प्रमुख विक्रम संवतले सुभकामना मन्तव्य राखेका थिए भने शाखा संयोजक सन्ध्या लामिछानेले धन्यवाद मन्तव्य राखेकी थिइन् ।
युवा, परिवर्तन र समाजलाई ऎक्यबद्ध गर्दै युवाहरुमा सामाजिक उत्तरदायित्व बोध गराउँदै युवाहरुको सहभागिताद्वारा सामाजिक सेवामूलक कार्यमा निरन्तर संलग्न सामाजिक संस्था पहिलो पाइला नेपाल पुतलीबजार स्याङ्जा शाखाले कार्यक्रममा नवागंतुक सदस्यहरुलाई स्वागत, संस्थामा रही सांगठनिक योगदान पुर्याउनेलाई प्रशंसा पत्र प्रदान गरेको थियो ।
पुतलीबजार नगरपालिकाकी उप-प्रमुख देवी अर्यालको प्रमुख आतिथ्यता, शाखा संयोजक सन्ध्या लामिछानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्याङ्जा शाखाका उपाध्यक्ष पवन मरासिनीले स्वागत र संचालन सह-सचिव गोपि सुवेदीले गरेका थिए ।
सम्बन्धित खबर
बालेन्द्रको घरमा चोरी भएको घटना के हो ?
सहिदका आकांक्षा पूरा गर्नु नै सच्चा श्रद्धाञ्जलीः प्रदेश प्रमुख भट्ट
सर्वोच्चले भन्यो- संसद् पुनः स्थापनको मागमा २० गते पेसी तोकिएको होइन, हल्ला फैलाइयो
निर्वाचनका लागि दल र उम्मेदवारलाई छुट्टै बैंक खाता खोल्न राष्ट्र बैंकको निर्देशन
रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिटमा सर्वोच्चले माग्यो थप प्रमाण
रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारद्वारा फिर्ता
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो