पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दु कुमार थापाले उत्पादन र रोजगारीलाई शिक्षासँग जोड्न आवश्यक रहेको बताएका छन् । शनिबार पोखरा १६ स्थित विन्ध्यवासिनी क्याम्पसको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री थापाले परम्परागत शैलीको शिक्षाले मात्र सोचेजस्तो उपलब्धी हासिल नहुने बताए ।
“ परम्परागत शिक्षाले सोचेजस्तो उपलब्धी हासिल हुन सकेन । परिवर्तनको कडी नै शिक्षा हो । शिक्षाको माध्यम बाट नै समृद्धि प्राप्त हुन्छ । उत्पादन र रोजगारी सङ्ग शिक्षालाई जोड्नपर्छ । व्यवसायिक र सीपयुक्त शिक्षा आजको आवश्यकता हो ।”, उनले भने ।
मन्त्री थापाले प्रदेश सरकारले शिक्षा क्षेत्रमा सुधार ल्याउन केही नयाँ कार्यक्रम ल्याएको जानकारी गराए । उनले अभिभावक शिक्षा, सिक्दै कमाउँदै कमाउँदै सिक्दै, फ्राइडे फर फ्युचर जस्ता कार्यक्रमले विद्यार्थीको आकर्षण बढाउने उल्लेख गरे ।
विन्ध्यवासिनी क्याम्पस लाई प्रभावकारी बनाउन गुणस्तरीय शिक्षामा ध्यान दिन उनले आग्रह गरेका छन् । क्याम्पसमा देखिएको हर किसिमको समस्या समाधानमा आफुु पदमा रहे पनि नरहे पनि सदैव साथमा रहेको भनाई उनको छ । प्रदेश सरकारले सामुदायिक क्याम्पसका लागि वार्षिक रुपमा नै अनुदान उपलब्ध गराउँदै आएको उनले बताए । क्याम्पसको पुस्तकालयको स्तरोन्नतिमा प्रदेश सरकार सकरात्मक रहेको भनाई उनको छ ।
कार्यक्रममा पोखरा १६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले विन्ध्यवासिनी क्याम्पसको भवन बन्नुपर्छ भन्ने विषयमा सकरात्मक हुन आग्रह गरेका छन् । विद्यमान कानूनका कारण क्याम्पसको भवनको कामले गति पाउन नसकेको र उक्त समस्याको समाधानमा नै वडाले काम गरिरहेको भनाई उनको छ ।
क्याम्पसका सिनेटर राम बहादुर बानियाँले भारतीय राजदुतबाट क्याम्पसका लागि छुट्टिएको रकम गुम्न दिन नहुने उल्लेख गरे । क्याम्पसको गतिविधिका बारेमा क्याम्पस प्रमुख सुमन केशव पराजुलीले जानकारी गराएका थिए भने स्वागत विजय शर्माले गरेका थिए । क्याम्पसले उतिर्ण विद्यार्थीलाई सम्मान समेत गरेको छ ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो