खुमा अर्याल फाउन्डेसनले विशेषज्ञ सहित नि : शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम संचालन गर्ने भएको छ ।
फाउन्डेसनको छैठौं स्थापना दिवसको अवसरमा भीरकोट नगरपालिका -७ बलमाटामा अवस्थित कालिका बहुमुखी क्याम्पसमा विशेषज्ञ सहित नि : शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम संचालन गर्ने फाउन्डेसनका सचिव ध्रुव शर्माले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी स्याङ्जा र गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोगमा यहि मङ्सिर ५ गते खुला रक्तदान तथा नि : शुल्क स्वास्थ्य शिविर गरिने भएको हो ।
स्थापना दिवसको अवसरमा संचालन हुने शिविरमा जनरल ओपिडी सेवा, मानसिक स्वास्थ्य सेवा, नाक कान घाँटी रोग सेवा, स्त्रीरोग सेवा, हाडजोर्नी तथा नशा रोग सेवा, दन्त रोग परिक्षण, पेट, छाती तथा मुटु रोग सेवा, प्रयोगशाला परिक्षण, इसिजी, भिडियो एक्सरे सेवा तथा फार्मेसी सेवाहरु प्रदान गरिने फाउन्डेसनले जनाएको छ ।
शिविरमा उपचार गराउन आउने बिरामीको थप उपचार गर्नु परेमा गण्डकी मेडिकल कलेज तथा युनिभर्सल मेडिकल कलेजमा विशेष छुटसहित उपचार व्यवस्था गरिने फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिए ।
नेपालका बौद्धिक, सफल व्यवसायी एवं समाजसेवी खुमा अर्यालको नाममा स्थापना भएको यस संस्थाले स्थापना कालदेखि नै शिक्षा, स्वास्थ्य, रोजगार तथा खेलकुदको क्षेत्रमा विभिन्न कामहरू गर्दै आइरहेको छ ।
शिविरमा आउने बिरामीहरुलाई मध्यनजर गर्दै अर्जुनचौपारी, करेन्डाँडा र बयरघारीबाट नि : शुल्क यातायातको व्यवस्था समेत गरिएको फाउन्डेसनका सचिव ध्रुव शर्माले बताए ।
सम्बन्धित खबर
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस