पोखरा । पृथ्वी नारायण क्याम्पसका सहप्राध्यापक रबिराज बराललाई बिदाई गरिएको छ । सेवा निवृत्त भएका इतिहास विभागका सहप्राध्यापक बराललाई बुधबार क्याम्पसमा एक समारोहका बीच बिदाई गरिएको हो । उक्त अवसरमा बराललाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि निमित्त क्याम्पस प्रमुख डा. मिनराज लम्सालले शिक्षण जीवनमा बरालको योगदानको चर्चा गर्दै सुखद् निवृत्त जीवनको कामना गरे ।
इतिहास विभागका प्रमुख बसन्तप्रसाद पराजुलीले सहप्राध्यापक बरालसँगको सौहार्द सम्बन्धको स्मरण गर्दै सक्रिय र स्वस्थ जीवनको लागि शुभकामना दिए ।
इतिहास विभागको तर्फबाट बिदाई मन्तव्य राख्दै सहप्राध्यापक अर्जुन बहादुर भण्डारीले बरालको शैक्षिक व्यक्तित्व र जीवनका बारेमा चर्चा गरेका थिए । पूर्व विभागीय प्रमुख राधा भण्डारीले बरालसँगको लामो सहकार्यका अनुभव साझा गरे ।
कार्यक्रममा विद्यार्थी कल्याण तथा खेलकुद विभाग प्रमुख बोधराज ढकाल, क्याम्पसमा कार्यरत कर्मचारीको तर्फबाट पूर्णबहादुर गुरुङ, विद्यार्थीहरुको तर्फबाट विपिन आचार्यलगायतले शुभकामना व्यक्त गरे ।
इतिहासका विभागीय प्रमुख बसन्त प्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विभागका उपप्राध्यापक नारायणप्रसाद ढकालले गरेका थिए ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान
युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर
मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो