पोखरा । ‘बडा तिहार’ मनाउने खर्च जोहो गर्न सुर्खेतबाट लोपोन्मुख नेपाली जाति राउटेको टोली पोखरा आइपुगेको छ ।
राउटे मुखियाको नेतृत्वमा ७ जनाको टोली हिजो पोखरा आइपुगेको र आज उनीहरुले पोखरा महानगरपालिकाका जनप्रतिनिधिसँग भेटघाट गरेका छन् ।
आफूहरु एकसरो लुगा, चामल, तेल, दाल तथा खसीका लागि आवश्यक पर्ने रकम जुटाउन पोखरा आइपुगेको राउटे मुखिया शेरबहादुर रासकोटी शाहीले बताए ।
मङ्सिरमा बडा तिहार मनाउने गरिएकोमा यस वर्ष यही १२ गतेबाट उक्त चाड सुरु हुने र लगातार ५ दिनसम्म चल्ने उनले जानकारी दिनुभयो । उहाँले १० वर्ष अगाडि समेत पोखरामा सहयोग उठाउन आएको स्मरण पनि गरे ।
टोलीले गण्डकी प्रदेशस्थित सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय कास्की लगायतबाट पनि सहयोग प्राप्त हुने आशा गरेको छ । बडा तिहारमा ७-८ वटासम्म खसी काट्नुपर्ने र सोही अनुसार रासनपानी चाहिने भएकोले खर्च जोहो गर्नु परेको उनीहरुको भनाइ छ ।
राउटे जातिलाई चाडपर्वको बेला खर्च जुटाउन र जाडो मौसममा एकसरो लुगा जुटाउन समेत समस्या हुने गरेको छ । सुर्खेतमा ४६ घरधुरीमा गरी करिब २ सयको हाराहारीमा छन् । त्यसका साथै राउटेको टोलीले फेवाताल लगायत पोखराका महत्वपूर्ण पर्यटकीय स्थलको अवलोकनसमेत गरेको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ