पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराले राष्ट्रिय कर दिवसका अवसरमा सप्ताहव्यापी कर दिवस सम्पन गरेको छ। कार्यालयले शुक्रवार कर सप्ताहको सातौँ दिन समापन समारोहको आयोजना गरेको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले पर्यटन प्रर्वद्धनमा स्थानीय प्रशासनले गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले पोखरा पर्यटकीयक्षेत्र भएकोले यसको विकासमा निजीक्षेत्रसँग सहकार्य गर्ने समेत बताए ।
यसैगरी, कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत शिव शर्माले सेवा प्रवाहलाई थप सहज बनाउँदै करको दायरा विस्तार गर्दै लगिने बताए । उनले आर्थिक ऐन, २०८१ ले दिएका विभिन्न छुट सुविधाको लाभ लिनका लागी अनुरोध गरे । छुट सुविधा सधै नआउने भएकले यहीँ फागुनभित्र सुविधा लिन आग्रह समेत गरे ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, पोखरा चेम्बर अफ कमर्श लगाएतका व्यवसायीक संघ संगठनका प्रतिनिधीहरूले आर्थिक अवस्था कमजोर रहेको अवस्थामा राज्यले निजि क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय पोखरा अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने करदाता टेम्पल ट्रि रिसोर्ट प्रा।लीलाई सम्मान गरिएको थियो । टेम्पल ट्रि रिसोर्ट प्रा।लीले आर्थिक वर्ष २०७९/८० मा १ करोड ९७ लाख ७३ हजार ७ सय ८७ रूपैयाँ राजस्व दाखिला गरेको छ ।
यसैगरी कार्यक्रममा करदाता सेवा कार्यालय स्याङ्जा अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने करदाता खिलुङ कालिका कन्ट्रक्सन प्रा।लिलाई सम्मान गरिएको छ । कर सप्ताह कार्यक्रम अन्तर्गत मध्यमस्तरीय कर कार्यालय, बबरमहल, काठमाडौँले उद्योग व्यापार, लगानी प्रर्वद्धन र कर सचेतना सम्बन्धी विषयमा आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा द्धितिय हुने गण्डकी बोर्डिङ स्कुल कक्षा ११ मा अध्यनरत छात्रा आत्मिका सुवेदीलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय पोखराका उत्कृष्ट कर्मचारी नायब सुब्बा हरिश्चन्द्र पौडेललाई सम्मान गरिएको छ । यस्तै, करदाता सेवा कार्यालय पुतलीबजार स्याङ्जाका नायव सुव्वा देवश्री त्रिपाठीलाई सम्मान गरिएको थियो ।
“कर प्रणालीको सार, लगानीको आधार” भन्ने नाराका साथ राष्ट्रिय कर दिवस २०८१ मंसिर १ देखि ७ गते सम्म विभिन्न कार्यक्रम गरी मनाइएको थियो ।
सप्ताहको पहिलो दिन मंसिर १ गते विहान ७ः३० बजे पोखरा सभागृह देखि सृजनाचोक हुँदै रत्नचोक आन्तरिक राजस्व कार्यालयसम्म प्रभावतफेरि गरी राष्ट्रिय कर दिवस २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो ।
मंसिर २ गते पहिलो सेवाग्राही राधा खाजाघरका प्रोपाईटर यम बहादुर हमाललाई सम्मान गरिएको थियो । यसैगरी, मंसिर ३ गते चेम्बर अफ कमर्श पोखरा, मंसिर ४ गते लेखनाथ उद्योग वाणिज्य संघ र मंसिर ५ गते पोखरा उद्योग वाणिज्य संघमा आवद्ध भएका व्यवसायी, पदाधिकारी तथा सदस्यहरूका बीच करशिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो ।
मंसिर ६ गतेसहकारी संस्थाहरुका व्यवस्थापकहरु संग कार्यालयको सभाहलमा करशिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
कर सप्ताहकै सन्दर्भमा आन्तरिक राजस्व कार्यालयका कर्मचारीहरु बिच ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। कर कानून तथा कर छुट सम्बन्धी जानकारी सहितको कर पुस्तिका वितरण गरिएको छ । कास्कीका विभिन्न क्षेत्रहरूमा आर्थिक ऐन, २०८१ ले दिएका छुट सुबिधाहरु तथा अन्य कर सम्बन्धि जानकारी मूलक सन्देश माइकिङ समेत गरिएको छ। आर्थिक ऐन, २०८१ ले गरेका व्यवस्था र छुटसुविधाका विषयमा करदातालाई जानकारी गराउने गरी जनचेतना कार्यक्रम सम्पन्न भएका छन् ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?