पोखरा नदीपुर स्थित प्रतिभा माविकी छात्रा दीपाली भट्टराई निबन्ध लेखन प्रतियोगितामा प्रथम भएकी छन् ।
हिसान कास्कीले आयोजना गरेको अंग्रेजी तथा नेपाली निबन्ध लेखन प्रतियोगिताअन्तर्गत नेपाली विधातर्फ उनी प्रथम भएका हुन् । दीपाली कक्षा १२ की छात्रा हुन् ।
प्रतियोगितामा करुणानिधि एजुकेसन फाउण्डेसनकी अञ्जना पौडेल दोस्रो, गुरुकुल विद्या सदनकी रेणु परियार तेस्रो तथा माउन्ट अन्नपूर्णकी पूर्णिमा गुरुङ सान्त्वना भए ।
दीपालीले गत वर्ष हिसान कास्कीकै आयोजनामा भएको वक्तृत्वकला प्रतियोगितामा पनि प्रथम स्थान प्राप्त गरेकी थिइन् । वक्तृत्वकलामा नेपाली विधातर्फ दीपाली सर्वोत्कृष्ट भएकी हुन् । यस्तै, अंग्रेजी विधातर्फ पनि प्रतिभाकै महिमा विश्वकर्माले सबैलाई पछि पारेकी थिइन् ।
दीपाली पोखरा पर्स्याङ स्थित शान्ति निकेतन स्कूलकी उत्पादन हुन् । त्यहाँ एसईईसम्म पढेकी उनले उत्कृष्ट नतिजा ल्याएर यहाँका उत्कृष्ट विद्यालय प्रतिभा चयन गरेकी थिइन् ।
- प्रतिभा मावि हिसान कास्कीको वक्तृत्वकलामा दुवै विधामा प्रथम, दिपाली र महिमा सर्वोत्कृष्ट
अंग्रेजीतर्फ मदरल्याण्डका सुयोग प्रथम
अंग्रेजी विधातर्फ मदरल्याण्ड सेकेण्डरी स्कुलका सुयोग अधिकारी निबन्ध लेखन प्रतियोगितामा प्रथम भए ।

एक्स आर्मी पब्लिक सेकेण्डरी स्कुलका अंकित रानाभाट, ग्लोबल कलिजियटकी आकृति पौडेल र स्टेप बाई स्टेपका कमलबहादुर क्षेत्री दोस्रो भए । जुनियर सिटिजन्स एकेडेमीकी सुशानी रानाभाट तेस्रो तथा हिल पोइन्ट सेकेण्डरी स्कुलकी रिसिका बसेल सान्त्वना भइन् ।
१७ औं हिसान स्पोर्टस् मिट–२०८१ अन्तर्गत हिसानले उक्त प्रतियोगिता आयोजना गरेको थियो । विजेतालाई मंगलबार पोखरा रंगशालामा आयोजित १७ औं हिसान स्पोर्टस् मिट उद्घाटनमा पुरस्कृत गरिएको हो ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टको उपस्थितिमा आयोजित उद्घाटन समारोहमा शिक्षा निर्देशनालय गण्डकीका महानिर्देशक अम्बिकाप्रसाद आचार्य लगायतले पुरस्कृत गरेका हुन् ।
६१ शिक्षण संस्थाले भाग लिएको हिसान स्पोर्टस् मिट ३ दिनसम्म चल्नेछ ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह