पोखरा । बागलुङ समाज पोखराले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४८ युनिट रगत संकलन भएको छ ।
प्रादेशिक रक्तसञ्चार केन्द्र, पोखराको प्राविधिक सहयोगमा शुक्रबार बिहान आयोजित रक्तदान कार्यक्रमको पोखरा महानगरपालिका वडा नं. ८ का वडाध्यक्ष रुद्रनाथ बरालले पहिलो रक्तदाता टिकेन्द्र खड्का र समाजका अध्यक्ष ठाकुरप्रसाद सापकोटालाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए । पोखरा–८, सिर्जनाचोकमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष बरालले रक्तदान गर्नु सबैभन्दा ठूलो पुण्य कार्य भएको उल्लेख गरे । रक्तदान गर्नु भनेको दानहरूमा पनि उत्कृष्ट दान भएको बताउँदै रक्तदानले अरुको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा समाजका पूर्व अध्यक्षहरू प्रा.डा. रवीन्द्रप्रसाद श्रेष्ठ, डा. भानु कँडेल, कुलचन्द्र शर्मा, बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष जयराम आचार्य, प्रादेशिक रक्तसञ्चार केन्द्र, पोखराका प्राविधिक महेन्द्र केसीलगायतले रक्तदानको महत्वबारे बोलेका थिए ।
समाजका अध्यक्ष ठाकुरप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गंगाबहादुर पुन र उपाध्यक्ष एवं कार्यक्रम संयोजक नरेश सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । समाजका अध्यक्ष सापकोटाले रक्तदान कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । बागलुङ समाज पोखराले हरेक वर्ष खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।
सम्बन्धित खबर
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो