पोखरा हार्डवयर एसोसिएसन कास्कीको अध्यक्षमा अर्जुनबहादुर थापा निर्वाचित भएका छन् । एसोसिएसनको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनले थापाको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति निर्वाचित गरेको हो ।
उपाध्यक्षमा अमरबहादुर केसी र चन्द्रप्रसाद अधिकारी, महासचिवमा प्रतापराज पौडेल, सचिवमा रामेश्वर आचार्य, कोषाध्यक्षमा मनोजकुमार अधिकारी निर्वाचित भए । सदस्यमा बलबहादुर कुँवर, सुलोष कुँवर, दीपक पौडेल, विनोद केसी, हेमराज लम्साल निर्वाचित भए । शिवराज बास्तोला र महादेव गिरी सदस्यमा मनोनीत भए ।
कार्यक्रमको उद्घाटनमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले हार्डवयरसहितका व्यवसाय सञ्चालनमा व्यवसायीहरुमा परेका समस्या समाधानका लागि आफू लागीरहेको बताए ।
पोखरा महानगरपालिका ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले पोखरामा कोसेली घर निर्माण गर्न लागिएको भन्दै त्यसमा हार्डवयर व्यवसायीहरुको साथ चाहेको सुनाए । पोखरा उद्योग वाणिज्य संघका महासचिव सुदीप प्रधानांगले हार्डवयर व्यवसायीहरुलाई परेका समस्या समाधानका लागी पोखरा उद्योग वाणिज्य संघ प्रयासरत रहेको बताए ।
एसोसिएसन कास्की अध्यक्ष पृथ्वीराज तिमिल्सिनाले व्यवसायीले खेपिरहेको आर्थिक मन्दीबाट छुटकारा पाइनेतर्फ आशावादी हुन आग्रह गरे ।
सम्बन्धित खबर
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस