पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले राजनीतिक आस्थाका आधारमा करारका कर्मचारी हटाएपछि सिर्जित विवाद समाधान तत्कालका लागि समाधान भएको छ ।
नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले असहमति जनाउँदै महानगरको विशेष नगर सभा माग गरेका थिए । त्यसपछि, मागप्रति सहमति जनाउँदै मेयर आचार्य २० गते नगरसभा विशेष बैठक बस्न सहमत भएका थिए । मेयर आचार्यले एजेन्डा प्रस्तुत गरेलगगत्तै २३ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए ।
पोखरा महानगरपालिकाको विशेष नगरसभामा प्रस्तुत एजेन्डाहरूलाई सर्वसहमतिकै आधारमा अनुमोदन गरी मस्यौदाका रूपमा रहेका पुराना र नयाँ सबै दस्तावेजलाई एकीकृत गर्दै नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण तयार गर्ने निर्णय गरिएको बताइन्छ ।
नगरसभा २८ गते दिउँसो ३ बजे बस्ने र सोही दिन बिसर्जन गर्ने गरी नगरसभाको दोस्रो दिनको सभा स्थगित गरिएको महानगरले जनाएको छ ।
पोखरा महानगरलाई पुस मसान्तपछि करार मुक्त बनाउने कांग्रेस र एमालेबिच सहमतिपछि विशेष नगर सभा २८ गतेसम्मका लागि स्थगित भएको हो ।
मेयर आचार्य, उपमेयर मन्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंको रोहबरमा दुई पार्टीबिच सहमति भएपछि आइतबारको सभा बस्ने बित्तिकै स्थगित गरिएको हो ।
समझदारी पत्रमा मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत र प्रवक्तासँगै कांग्रेसबाट दलका नेता दिवसमान प्रधानाङ्ग, उपनेता पूर्णबहादुर गुरुङ, वडाध्यक्षहरू देवकृष्ण पराजुली, सन्तोष बास्तोला र नरेन्द्र थापा तथा एमालेबाट दलका नेता राधिका शाही योगी, उपनेता निर्मल दियाली, वडाध्यक्षहरू विष्णुप्रसाद बराल, तोरणबहादुर बानियाँ र गङ्गाबहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।
दुई पार्टीबीच भएको समझदारी अनुसार ३७ औँ कार्यपालिका बैठकबाट म्याद थप भएका श्रेणिविहीन बाहेकका करार कर्मचारीको म्याद पुस मसान्तपछि थप नगर्ने निर्णय भएको छ ।
मङ्सिर १ गतेदेखि बिदा गरेका ३५ कर्मचारीलाई थप २ महिनाको पारिश्रमिक उपलब्ध गराउने सहमति भएको छ ।
सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणका लागि प्रमुख प्रशासकीय अधिकृत चौलागाईंको संयोजकत्वमा १२ सदस्यीय समिति गठन गरिएको छ ।
समितिमा कांग्रेसबाट देवकृष्ण पराजुली, सन्तोष बास्तोला, किरण बराल र प्रकाश केसी सदस्य छन् भने एमालेबाट विष्णुप्रसाद बराल, तोरण बानियाँ, गङ्गाबहादुर क्षेत्री र कृष्णकुमारी पौडेल सदस्य छन् । कर्मचारीहरू जयराम पौडेल, भरतराज पौडेल र कृष्णप्रसाद तिवारी पनि समितिको सदस्य छन् ।
सम्बन्धित खबर
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?