स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले विज्ञ सल्लाहकार समूह गठन गरेका छन्। उनको विज्ञ सल्लाहकारमा स्वास्थ्य क्षेत्रका साथै नीति निर्माणमा समेत अनुभव भएका पाँचजना समेटिएका हुन्।
सल्लाहकारमा प्रताप पौडेल, डा भगवान कोइराला, डा सुधा शर्मा, अमित भण्डारी र रघुराज काफ्ले रहेका छन्। पौडेलले कांग्रेस महामन्त्री गगन थापा स्वास्थ्य मन्त्री हुँदा प्रमुख सल्लाहकारका रुपमा काम गरेका थिए।
पब्लिक पोलिसी पाठशालाको नेतृत्व गरिरहेका उनी स्वास्थ्यका विभिन्न कानुन निर्माणका लागि योगदान गरेका छन्। संघीयका साथै प्रदेश र स्थानीय तहमा स्वास्थ्य कानुन निर्माणमा परामर्श दिने गरेका छन्। उनले स्वास्थ्य बीमा, एकीकृत स्वास्थ्य पूर्वाधार, विद्यालय नर्सिङ कार्यक्रम, स्वास्थ्य अनुसन्धान रणनीति, सहरी स्वास्थ्य प्रबर्द्धन लगायतमा पनि योगदान गरेका छन्। त्यसैगरी जनस्वास्थ्य ऐनको प्रारम्भिक मस्यौदा निर्माणमा भूमिका छ ।
मुटुरोग विशेषज्ञ डा कोइरालाले विभिन्न सरकारी अस्पतालको नेतृत्व लिनुका साथै विभिन्न स्वास्थ्य मन्त्रीहरुको औपचारिक/अनौपचारिक सल्लाहकारका रुपमा काम गरेका छन्। डा शर्मा पूर्व स्वास्थ्य सचिव हुन भने अमित भण्डारी जनस्वास्थ्य विज्ञ हुन्। उनी विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाको नेतृत्वमा तहमा रहेर काम गरिरहेका छन्। काफ्लेले गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्षका रुपमा काम गरेका छन्।
सम्बन्धित खबर
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’