नेपाल पत्रकार महासंघ बागलुङको अध्यक्षमा राम थापा अविरल निर्वाचित भएका छन्। ४६ मतसहित थापा विजयी भएका हुन्।
थापाका निकटतम प्रतिद्वन्द्वी तारानाथ आचार्यले २३ मत प्राप्त गरेका छन्। प्रेस सेन्टर नेपाल र प्रगतिशील पत्रकार संघको संयुक्त प्यानलका तर्फबाट थापा र प्रेस चौतारी र प्रेस युनियनको संयुक्त प्यालनबाट आचार्यले बुधवार उम्मेदवारी दर्ता गराएका थिए ।
उपाध्यक्षमा सुवास आचार्य ४३ मतसहित निर्वाचित भएका छन् । आचार्यका निकटतम प्रतिद्वन्द्वी किरण आचार्यले २५ मत प्राप्त गरेका छन्।यस्तै, महिला उपाध्यक्षमा सृजना पन्त ५० मतसहित विजयी भएकी छिन् ।
पन्तकी निकटतम प्रतिद्वन्द्वी पवित्रा बुढाले १८ मत प्राप्त गरेकी छिन्। यसैगरी, सचिवमा नारायण रिजाल ४० मतले विजयी भएका छन् । रिजालका निकटतम प्रतिद्वन्द्वी विजय रानाले २८ मत प्राप्त गरेका छन्।
सहसचिव खुल्लामा डम्बर बुढा मगरले ४३ मत प्राप्त गरका छन् । मगरका निकटतम प्रतिद्वन्द्वी खगेन्द्र विश्वकर्माले २५ मत प्राप्त गरेका छन् । समावेशी सहसचिवमा नवराज नेपाली सर्वसम्मत भएका छन् । कोषाध्यक्षमा खेमराज गौतम सुवास ४९ मतले विजयी भएका छन् ।
गौतमका निकटतम प्रतिद्वन्द्वी सुमन सुनारले १९ मत प्राप्त गरेका छन् । सदस्यहरुमा अर्जुन कार्कीले ४८ मत, प्रदिप पन्तले ४७ मत, प्रकाश बरालले ४५ मत, वालकृष्ण सुवेदीले ४० मत प्राप्त गरेका छन् । महिला सदस्यमा मनिषा शर्मा सर्वसम्मत भएकी छिन् ।
यसैगरी, दलित सदस्यमा अनिष खातीले ३६ मत, आदिवासी जनजाती सदस्यमा संगम घर्तीमगरले ५० मत प्राप्त गरी निर्वाचित भएका छन् ।
यसैगरी, केन्द्रीय परिषद महिला सदस्यमा कोपिला कँडेलले ४६ मत विजयी भएकी छिन् । यसै गरी केन्द्रीय परिषद खुल्ला सदस्यमा दिलिप पौडेले ३९ मत ल्याएर निर्वाचित भएका छन् ।
प्रदेश परिषद सदस्यहरुमा कृष्ण आचार्यले ५० मत, सुवाश राज पन्तले ४७ मत, खिमबहादुर कार्कीले ४४ मत, चन्द्र गणेश पौडेलले ४२ मत प्राप्त गरेका छन् । यसै गरी प्रदेश परिषद सदस्यमा लक्ष्मी परियार निर्विरोध भएकी छिन् ।
सम्बन्धित खबर
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
बागलुङमा व्यावसायिक स्याउखेती
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह