नेपालमा दोस्रोपटक मंकीपक्स संक्रमण पुष्टि भएको छ। साउदी अरबबाट नेपाल फर्किएका तनहुँका ३६ वर्षीय एक पुरुषमा एम्पक्स पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
“परीक्षण पोजिटिभ भए पनि बिरामीको स्थितिमा केही जटिलता नभएको र चिकित्सकको निगरानीमा उपचार र रेखदेख निरन्तर भइरहेको जानकारी गराउँछौँ,” मन्त्रालयले शुक्रबार एक विज्ञप्तिमार्फत भनेको छ।
मन्त्रालयका अनुसार, ती पुरुष खटिराको समस्या लिएर काठमाडौंको ग्रान्डी इन्टरनेसनल अस्पतालमा बिहीबार उपचारका लागि गएका थिए। बिहीबार नै ग्रान्डीले एम्पक्ससँग मिल्दोजुल्दो शंकास्पद लक्षण भएकाले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा पठाएको थियो। बिहीबार नै उनलाई आइसोलेसनमा राखेर थप परीक्षणका लागि नमुना संकलन गरिएको थियो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणबाट शुक्रबार एम्पक्स पुष्टि भएको हो।
“यसका सन्दर्भमा थप खोज अनुसन्धान तथा उपचारको कार्य जारी रहेको छ। यससँगै नेपालमा यो एम्पक्स पुष्टि भएको दोस्रोपटक हो,” मन्त्रालयले भनेको छ।
यसअघि, नेपालमा गत असार १ गते पहिलोपटक ६० वर्षीया नेदरल्यान्डकी नागरिकमा मंकिपक्स (एम्पक्स) संक्रमण पुष्टि भएको थियो।
कसरी सर्छ एम्पक्स ?
एम्पक्स रोग संक्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा सर्छ। यो घाउ खटिरा (बिमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ जस्तै: थुक, र्यालको सम्पर्कबाट, भाइरसबाट दूषित सतह र सामग्रीको प्रत्यक्ष सम्पर्क), संक्रमित बाँदर, मुसा, लोखर्केलगायत जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्छ।
मन्त्रालयका अनुसार, यसले ज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको एकदेखि तीन दिनभित्र छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखापर्ने, डाबर परिवर्तन भएर फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थी बढ्ने हुन्छ। आँखामा संक्रमण भएर दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्युसमेत हुन सक्छ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो