सामाजिक अध्ययन मञ्च, कास्कीको आयोजनामा सामाजिक अध्ययन विषयको परिमार्जित पाठ्यक्रम सम्बन्धमा एक दिने गोष्ठी तथा कार्यशाला सम्पन्न भएको छ |
कार्यशाला गोष्ठीलाई पाठ्यक्रम विकास केन्द्रकी सामाजिक विषयकी पाठ्यक्रम अधिकृत सरस्वती भट्टराइले सहजिकरण गरेका थिए ।
कास्कीबाट परिमार्जन कार्यदलका सदस्य तथा विषयविज्ञ रहनुभएका मंचका निवर्तमान र वर्तमान अध्यक्षद्वय दिनेश अर्याल र गोविन्द काफ्लेको उपस्थितिमा एक दिने गोष्ठी तथा कार्यशालामा कास्कीबाट सुझाव संकलन कार्य सम्पन्न भएको छ |
सामाजिक विषयको परिमार्जित पाठ्यक्रमको सुझाव संकलन कार्यमा कास्कीका लेखक एवं शिक्षकहरू सूर्य गुरुङ, राजिव उपाध्याय, टेकनाथ पौडेल, मञ्चकी उपाध्यक्ष नारायणी शर्मा गौतमसँगै सामुदायिक र संस्थागत विद्यालयका ६० जना शिक्षकहरुको उपस्थिति थियो |
पाठ्यक्रम परिमार्जनमा सामाजिक अध्यनलाई सरलीकृत गर्दै विद्यार्थीको उमेर क्षमता र वर्तमान आवश्यकता अनुसार आधारभूत विषयवस्तुहरु मात्र समेटी जीवनोपयोगी सीप र नैतिक शिक्षालाई आधारभूत तहबाटै माध्यामिक तहसम्मै समावेश गर्नुपर्ने सुझाव दिइयो |
साथै, सामाजिक अध्ययनले भविष्यमा देशको लागि काम लाग्ने जनशक्ति उत्पादन, मौलिक पहिचान र स्थानीयकरणलाई संरक्षण गरी सोचमा विश्वव्यापीकरण ल्याउन सक्ने विषयवस्तु समेटिनुपर्ने कुरामा जोड दिइयो |
सोहि अवसरमा १६ जना सामाजिक अध्यापन गर्ने शिक्षकले अध्ययन मञ्च, कास्कीको आजीवन सदस्यता लिएको मञ्चका सचिव तिलकप्रसाद काफ्लेले जानकारी दिए ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’