भक्तपुरमा बाबुछोरा हत्या प्रकरण : जेठो छोरा पक्राउ

भक्तपुरमा बाबुछोरा हत्या प्रकरण : जेठो छोरा पक्राउ

pakrau

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटमा बाबुछोरा मृत भेटिएको प्रकरणमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका कान्छो छोरा २२ वर्षीय प्रविण सोमबार (हिजो) मृत अवस्थामा फेला परेका थिए ।

मंगलबार बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कुलप्रसादको जेठो छोरा मिलन आचार्यलाई महाराजगञ्जबाट पक्राउ गरेको हो ।

भक्तपुरको बालकोटस्थित एक घरमा दाजुभाइ मिलन र प्रविण कोठा भाडामा लिएर बस्दै आएका थिए । उनीहरूलाई भेट्न कुलप्रसाद केही दिनअघि मात्र खोटाङबाट आएका थिए । सोही कोठामा बाबुछोरा मृत फेला परेका थिए ।

प्रहरीको अनुसन्धानका क्रममा मिलन शनिबार राति कोठाबाट बाहिर निस्किएको सीसीटीभी फुटेजमा देखिएको थियो । प्रहरीले उनीमाथि सोधपुछ गरिरहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनले हत्या स्वीकार गरिसकेकोसमेत जनाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds