बेलायती राजदूत रब फेनले जानकी मन्दिरमा पुगेर म्यारिज एनिभर्सरी मनाए

बेलायती राजदूत रब फेनले जानकी मन्दिरमा पुगेर म्यारिज एनिभर्सरी मनाए

uk amb

काठमाडौँ । नेपालस्थित बेलायती राजदूत रब फेनले जनकपुर जानकीमन्दिर पुगेर आफ्नो २२ औं वैवाहिक वर्षगाँठ (म्यारिज एनिभर्सरी) मनाएका छन्।

राजदूतले श्रीमती जुलिया फेनसँगै स्वयम्बर माला लगाएर एनिभर्सरी मनाएको नेपालस्थित बेलायती दूतावासले जनाएको छ।

मिथिला परम्परानुसारको मौर पाग लगाएका राजदूतले रातो साडी लगाएकी श्रीमती जुलियालाई सुनको औंठी लगाइदिएको त्यस अवसरमा दुलाहा र दुलहीलाई झैँ लगनगाँठो पनि कसिएको थियो।

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, मधेशकी मन्त्री रानी शर्मा तिवारी, जनकपुरका मेयर मनोजकुमार साहले जानकी मन्दिर पुगेर जोडीलाई बधाई दिएका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ