काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको ७१ वर्षको उमेरमा निधन भएको छ।
उनको हृदयाघातका कारण शुक्रबार बेलुका ६ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
प्रकाश वस्तीका छोरा डा प्रणव वस्ती अमेरिकामा रहेका र भोलि बिहानसम्म आइसकेपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने परिवारको तयारी छ। वस्तीको शव अस्पतालमै राखिएको छ। उनका श्रीमती, एक छोरा र तीन छोरी छन्।
पूर्वन्यायाधीश वस्तीले करिब ६ वर्ष सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीशका रुपमा काम गरेका थिए। उनले २०६५ साल भदौ २२ गते नियुक्त भएर पदावधि नथपिएपछि २०७० चैत २९ मा अवकाश भएका थिए।
सर्वोच्च अदालतबाट अवकाश भएपछि उनी ६ वर्ष मानव अधिकार आयोगको सदस्य भएर काम गरे। अवकाश जीवन बिताइरहेका वस्ती न्याय र कानूनको क्षेत्रमा अध्ययन, अनुसन्धान एवं पुस्तक लेखनमा संलग्न थिए।
गोरखा खोपलाङमा विसं २०१० असार ८ गते जन्मिएका वस्ती २०३३ सालदेखि कानून व्यवसायमा प्रवेश गरेका थिए। विस २०६५ सालमा वरिष्ठ अधिवक्ता भएका उनको भ्रष्टाचार नियन्त्रण, देवानी कानुन एवं कानुनी प्रणालीको विकासक्रमका विषयमा रुचि थियो। उनले लेखेका धेरै पुस्तक बजारमा छन्। उनले लेखेका प्रमाण कानुन विषय स्नातकमा अध्ययन हुन्छ ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
मेयर बालेन शाहलाई पितृशोक
आठौँ सामाजिक सुरक्षा दिवसमा चरक मेमोरियल हस्पिटललाई सम्मान
केपी ओलीको भाषण हटाउन मिडियालाई पत्र काटेकोमा आपत्ति
१४५ विद्यार्थीलाई न्यानो कपडा वितरण
रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’