नेकपा (एमाले) पोखरा वडा नं. ७ कमिटीको शनिवार भएको दोस्रो वडा अधिवेशनले अनिल कुमार शाहीको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कमिटी चयन गरेको छ ।
वडा कमिटीको उपाध्यक्षमा दिपक कार्की, सचिवमा अर्जुन थापा, उपसचिवमा राम राज अधिकारी र दुर्गा पराजुली बराल सर्वसम्मत चयन भएका छन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशसभा सदस्य भीम कार्कीले अधिवेशनको उद्घाटन गर्दै कम्युनिष्ट पार्टीमा वडाको अधिवेशनको महत्वपूर्ण भूमिका रहने बताए । उनले वडा पार्टीको जग भएको बताए । उनले भने, ‘वडा कमिटीले यहाँको विकासको कामको अगुवाइ गर्नुपर्छ ।’
कार्यक्रममा वडाको विगतदेखि वर्तमानसम्मको ईतिहास समेटेर वडा दर्पणको विमोचन विमल बरालले गरेका थिए भने कार्यक्रममा पार्टीलाई सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
सो अवसरमा नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद् सदस्य सृजना शर्मा, केन्दिय विभाग सदस्य चिरञ्जीवी पोख्रेल, प्रदेश कमिटी सदस्य विमल बराल, जिल्ला सदस्य एवम् वडा ईन्चार्ज पुरूषोत्तम रेग्मी, पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्यलगायतले बोलेका थिए ।
पोखरा वडा नं. ७ कमिटी अध्यक्ष किशोर बरालको अध्यक्षतामा भएको कार्यक्रममा कमला जलारीले स्वागत र सञ्चालन दीपक कार्कीले गरेका थिए ।
सम्बन्धित खबर
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस