पोखरा । धादिङ-पोखरा सम्पर्क समाजले सोमबार कास्की नेत्रहीन संघ कास्कीलाई सेतो छडी सहयोग गरेको छ । समाजको १३औँ अधिवेशनबाट निर्वाचित पदाधिकारीको पदस्थापनसँगै पहिलो कार्यक्रमअन्तर्गत सेतो छडी सहयोग गरिएको हो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २६ का वडा सदस्य सुदीपराज ढुंगानाले सामाजिक क्षेत्रमा समाजले खेलेको भूमिकाको प्रशंसा गरे । धादिङवासीको दुःख, सुखमा आफू सधैँ साथमा रहने उनले प्रतिवद्दता जनाए ।
उनले भने, ’समाजको पहिलो महिला नेतृत्व त्यसमा पनि पुुस १५, तमु ल्होसार, सोमबारे औँशीकै दिन यो पवित्र काममार्फत आफ्नो कार्यकाल शुुरु गर्नुले पनि सरुज्यूको कार्यकाल उत्कृष्ट रहनेमा दुईमत छैन ।’

साथै उनले धादिङवासी विनाको पोखरा अधुरो र अपुरो हुने बताए । उनले थपे, ‘मेरै वडामा आएर राज्यले गर्ने काम समाजले गरेकामा म निकै हर्षित छु, नेत्रहीन संघ र धादिङ समाज पनि लगभग सँगै स्थापना भएको पाइयो, कस्तो मीठो संयोग, तपाईं धादिङवासी विना पोखरा अपुरो र अधुरो हुन्छ ।’
नेत्रहीन संघका श्रीकान्त सापकोटाले धादिङवासीको गुन आफूहरुले कहिल्यै नभुल्ने बताए । सबैको मायाकै कारण संघ अघि बढेको भन्दै उनले संस्था सञ्चालन गर्न अझै चुनौति रहेको उल्लेख गरे ।
धादिङवासी कास्कीका हरेक क्षेत्रमा छरिएर रहेकोले उहाँहरुको हृदय निकै फराकिलो रहेको आफूले पाएको उनले उल्लेख गरे ।
समाजका पूर्वअध्यक्ष कृष्णबहादुर लम्सालले धादिङ समाज र नेत्रहीन संघबीच आगामी दिनमा पनि सहकार्य आवश्यक रहेको बताए ।
समाजका अध्यक्ष सरस्वती श्रेष्ठ सरुले यो सहयोग पूर्ण नभई अभियान मात्र भएको र अभियानले अन्य व्यक्ति तथा संघसंस्थालाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन् ।
उनले भनिन्, ‘सपांग भएका व्यक्तिलाई त यति गारो हुन्छ भने जन्मजात नै नेत्रहीन भएका व्यक्तिलाई कति समस्या होला?, महसुस मात्र गर्न सक्छौं ।’
समाजका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष टीकाबहादुर लम्साल दिनेशले स्वागत र महासचिव प्रकाश दुलालले कार्यक्रम सञ्चालन गरेका थिए ।
उक्त अवसरमा संघमा आवद्ध सदस्यहरुलाई खानासमेत खुवाइएको थियो ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ