धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ६ मा रहेको भीमोदय माध्यमिक विद्यालयले आफ्नो ४७ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।
यस विद्यालयले गत शैक्षिक सत्रमा एईई परीक्षामा सामुदायिक विद्यालयतर्फ शत प्रतिशत विद्यार्थी उत्तीर्ण गरी जिल्लामै उत्कृष्ट बन्न सफल भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका भौतिक विकास तथा पूर्वाधार मन्त्री अमन कुमार मास्केले विद्यालयको गुणस्तरीयता र शिक्षण पद्धतीप्रति सन्तुष्टी व्यक्त गर्दै भौतिक पूर्वाधार लगायत अन्य पक्षमा आफ्नो ध्यान गएको र सक्दो पहल गर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर बसौलाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णुहरि शाहल खेलमैदानको अभावले गर्दा विद्यालय स्तरीय खेलकुद प्रतियोगिताहरुमा विद्यार्थीलाई तयार गर्न नपाएको र सहभागी हुन विमुख हुनु परेको गुनासो गरेका थिए ।
वडा अध्यक्ष हरि बहादुर बिकले पनि खेलकुद लगायत अतिरिक्त क्रियाकलापका लागि आवश्यक बजेट विनियोजन गरिदिन प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।

सोहि कार्यक्रममा धादिङ्ग पोखरा सम्पर्क समाज र धादिङ्ग युके सम्पर्क समाजबाट स्थापना गरिएको अक्षयकोषबाट बिद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो ।
सम्बन्धित खबर
जेनजी आन्दोलनमा प्रहरीलाई आमाबारे सोच भन्ने व्यक्तिले नै गरे आमाको हत्या
गएरातिदेखि अवरूद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा
गल्छीमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
धादिङको त्रिपुरासुन्दरीबासीका लागि पोखरामै सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गर्ने सुविधा
अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह