धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ६ मा रहेको भीमोदय माध्यमिक विद्यालयले आफ्नो ४७ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।
यस विद्यालयले गत शैक्षिक सत्रमा एईई परीक्षामा सामुदायिक विद्यालयतर्फ शत प्रतिशत विद्यार्थी उत्तीर्ण गरी जिल्लामै उत्कृष्ट बन्न सफल भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका भौतिक विकास तथा पूर्वाधार मन्त्री अमन कुमार मास्केले विद्यालयको गुणस्तरीयता र शिक्षण पद्धतीप्रति सन्तुष्टी व्यक्त गर्दै भौतिक पूर्वाधार लगायत अन्य पक्षमा आफ्नो ध्यान गएको र सक्दो पहल गर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर बसौलाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णुहरि शाहल खेलमैदानको अभावले गर्दा विद्यालय स्तरीय खेलकुद प्रतियोगिताहरुमा विद्यार्थीलाई तयार गर्न नपाएको र सहभागी हुन विमुख हुनु परेको गुनासो गरेका थिए ।
वडा अध्यक्ष हरि बहादुर बिकले पनि खेलकुद लगायत अतिरिक्त क्रियाकलापका लागि आवश्यक बजेट विनियोजन गरिदिन प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।

सोहि कार्यक्रममा धादिङ्ग पोखरा सम्पर्क समाज र धादिङ्ग युके सम्पर्क समाजबाट स्थापना गरिएको अक्षयकोषबाट बिद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो ।
सम्बन्धित खबर
जेनजी आन्दोलनमा प्रहरीलाई आमाबारे सोच भन्ने व्यक्तिले नै गरे आमाको हत्या
गएरातिदेखि अवरूद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा
गल्छीमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
धादिङको त्रिपुरासुन्दरीबासीका लागि पोखरामै सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गर्ने सुविधा
अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ