पोखरा । पर्यावरण र मानवता संरक्षणमा केन्द्रित प्रकृति–मानव केन्द्रित जन अभियान, नेपालको छैठौं राष्ट्रिय सम्मेलन आज शुक्रबारदेखि पोखरामा सुरु हुँदैछ।
सम्मेलनको तयारी पूरा भएको र सम्मेलनमा प्रतिनिधिहरु पोखरामा आउने क्रम चलिरहेको जनअभियानका पूर्व केन्द्रीय अध्यक्ष सन्तबहादुर घिसिङले जानकारी दिए।
पोखराको नदीपुरस्थित थकाली समाजघरमा शनिबारसम्म चल्ने उक्त सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ भने वातावरणीय संरक्षण, दिगो विकास र मानव जीवनका समकालीन चुनौतीहरूको समाधानका लागि नयाँ रणनीति तय गर्ने जनअभियानका पूर्व केन्द्रीय अध्यक्ष घिसिङले बताए। उक्त सम्मेलनमा देशभरका करीब दुई सय जना प्रतिनिधिहरु सहभागी हुने बताइएको छ।
सम्मेलन सुरु हुनुपूर्व शुक्रबार बिहान ८ बजे पोखराको न्युरोडस्थित पोखरा महानगरपालिकाको कार्यालय अगाडिबाट प्रभातफेरी सुरु भइ नदीपुरस्थित थकाली समाजघरसम्म पुग्नेछ।
यो सम्मेलनले आजको समयमा मानव र प्रकृतिका लागि साझा चुनौतीहरूको समाधान खोज्न तथा नयाँ वैकल्पिक सामाजिक व्यवस्थाको आधार खडा गर्न वातावरणीय संकट र जलवायु परिवर्तनको सामना गर्ने उपायहरू, जैविक विविधताको संरक्षण र दिगो विकासका रणनीति, मानवताको दीर्घकालीन कल्याणका लागि वैकल्पिक सामाजिक नीति निर्माण, प्रकृति–मानव हितैषी समाज निर्माणका लागि सामूहिक संकल्प केन्द्रित बहस गर्ने आयोजक पक्षले जानकारी दिएको छ।
सम्मेलनमा बिशेष गरि वातावरणीय र मानव संकटबारे विशेषज्ञहरूको विशेष प्रस्तुति, समूह छलफल, नयाँ रणनीति निर्माण, र भावी कार्ययोजना बारे छलफल हुने प्राप्त जानकारीमा उल्लेख छ।
सन् २००२ मा स्थापना भएको प्रकृति–मानव केन्द्रित जन अभियान ले विगत २२ वर्षमा नेपाल र सार्कस्तरमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै वातावरणीय चेतनाको जागरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। नेपालमा यसअघि पाँच वटा राष्ट्रिय सम्मेलनहरू सम्पन्न गरिसकेको यो अभियानले छैठौं सम्मेलनमार्फत भविष्यका लागि थप प्रभावकारी योजना ल्याउने लक्ष्य राखेको छ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर