पोखरा । विद्यार्थीमा रहेको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउनका लागि पालिखेचोकस्थित प्रतिभा माविले आइतबार गणित सम्बन्धी हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ ।
विद्यालयमा विज्ञान विषय अध्ययन गर्ने कक्षा ११ र १२ का विद्यार्थीहरुले उक्त प्रतियोगितामा प्रतिश्पर्धा गरेका थिए ।
विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार विद्यार्थीमा रहेको अन्तरनिहीत ज्ञान बाहिर ल्याउनका लागि नियमित शैक्षिक गतिविधिबाहेक अतिरिक्त क्रियाकलाप अन्तर्गत गणित हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको हो ।
उक्त प्रतियोगिताका विद्यालय संचालक समिति अध्यक्ष नारायण पौडेल र प्रमुख अतिथि गणित समाजका केन्द्रीय सचिव डा. परमेश्वरी कट्टेलले उद्घाटन गरेका थिए ।
प्राचार्य सापकोटाका अनुसार विद्यालय १७ वटा सेक्सनका ४६ वटा समूहले प्रारम्भिक प्रतिश्पर्धामा भाग लिएका थिए । तिनै समूहबाट अन्तिम प्रतिश्पर्धाका लागि ८ वटा समूह छानिएका थिए । हरेक समूहमा ३ जनाका दरले सहभागि थिए ।

‘विद्यालयस्तरको प्रतिश्पर्धा भएपनि गणित हाजिरी जवाफमा सहभागिता जनाउनु आफैमा विजयी भए सरह हो,’ प्राचार्य सापकोटाले भने, ‘आफुले आफैलाई मूल्यांकन गर्ने अवसर पनि हो । यस्ता प्रतिश्पर्धामार्फत कुनैपनि विद्यार्थीले आफु कुन ठाउँमा रहेको छु भन्ने पहिचान गर्न सक्छन् ।’
विद्यालयमा हुने यस्ता गतिविधिले विद्यार्थीले आफैले आफैलाई परीक्षण गर्न सक्ने पनि उनले बताए । प्राचार्य सापकोटाले गणित विषयको अध्ययनले जो कोही विद्यार्थीलाई सफलता दिलाउने बताए । जीवन कस्तो हुनुपर्छ भनेर विद्यार्थी आफैले प्रश्नको उत्तर दिन सक्ने पनि उनले बताए ।
‘गणितका विद्यार्थीमा मेहनत र अनुशासन अति नै आवश्यक पर्छ,’ प्राचार्य सापकोटाले भने, ‘अध्ययनका क्रममा गणित विषय अब्बल भएमा सबै विषयमा राम्रो गर्न सकिन्छ ।’ उनले गणितको सम्बन्ध दर्शनसँग पनि जोडिएको बताए । प्रतिश्पर्धामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृति पनि गरिने उनले बताए ।

प्रमुख अतिथि कट्टेलले गणित विषयले हाम्रो जीवन एकअर्कासँग जोड्न सघाउने बताए । विद्यार्थीमा आफुमा कुन तहको ज्ञान छ भन्ने प्रमाणित गर्न गणितले सघाउने बताए ।
विद्यालय संचालक समितिका अध्यक्ष नारायण पौडेलले विद्यार्थीको क्षमता पहिचान गर्नका लागि प्रतिश्पर्धा आयोजना गरेको बताए ।
‘विद्यार्थीमा फरकफरक क्षमता हुन्छन । फरक व्यक्तिसँग फरक क्षमता हुन्छ । गणितको ज्ञान हुनु अर्काे क्षमता हो,’ उनले भने, ‘किताबी बाहेक अतिरिक्त ज्ञान हासिल गर्नका लागि विद्यालयले यस्ता गतिविधि गर्दै आएको छ ।’ विद्यार्थीलाई अतिरिक्त ज्ञान दिलाउन शनिबार विद्यालयमै फूड फेस्टिबल आयोजना गरिएको थियो ।

सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह