चितवन – चौधरी ग्रुपले चितवनका तेजेन्द्र पौडेलविरुद्ध हालेको लिखित गाली बेइज्जती मुद्दा हारेको छ।
फेसबुकमा वाइवाइविरुद्ध लेखेको भन्दै चाउचाउ उत्पादक चौधरी ग्रुपले पौडेलविरुद्ध गत जेठ ८ गते ५ करोड रुपैयाँ क्षतिपूर्ति २० हजार जरिवाना र २ वर्ष कैद सजायको माग गर्दै मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा आइतबार न्यायाधीश केदारनाथ पौडेलको इजलासले ‘दाबी नपुग्ने’ फैसला सुनाएको हो।

गत वैशाखमा काठमाडौँ महानगरपालिकाले वाइवाई चाउचाउको गुणस्तर नभएको भन्दै चौधरी ग्रुपलाई २ लाख जरिवाना गराएको थियो। त्यसपछि वाइवाई चाउचाउको गुणस्तरबारे देशभर चर्चा भएको बेला पौडेलले पनि फेसबुकमार्फत वाइवाइको गुणस्तर नभएकाले नखाने घोषणा गरेका थिए।
पौडेलले ‘बाइबाइ वाइवाई चाउचाउ कसैले नखानु वाइवाई चाउचाउ’ भनेर फेसबुकमा लेखेका थिए। त्यसपछि चौधरी उनीविरुद्ध मुद्दा दायर गरेको हो।
पौडेलले आइतबार फेसबुकमार्फत् आफूले मुद्दा जितेको दाबी गरेका छन्। उनले भनेका छन्, ‘चौधरी ग्रुप सङ्गको मुद्दामा मैले आज बल्ल करिब १ वर्षमा न्याय पाएँ । चितवन जिल्ला अदालत लगायत मलाई सहयोग गर्नुहुने सबैलाई हृदयदेखि नमन गर्न चाहन्छु।’
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
मेयर बालेन शाहलाई पितृशोक
आठौँ सामाजिक सुरक्षा दिवसमा चरक मेमोरियल हस्पिटललाई सम्मान
केपी ओलीको भाषण हटाउन मिडियालाई पत्र काटेकोमा आपत्ति
१४५ विद्यार्थीलाई न्यानो कपडा वितरण
रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’