चितवन – चौधरी ग्रुपले चितवनका तेजेन्द्र पौडेलविरुद्ध हालेको लिखित गाली बेइज्जती मुद्दा हारेको छ।
फेसबुकमा वाइवाइविरुद्ध लेखेको भन्दै चाउचाउ उत्पादक चौधरी ग्रुपले पौडेलविरुद्ध गत जेठ ८ गते ५ करोड रुपैयाँ क्षतिपूर्ति २० हजार जरिवाना र २ वर्ष कैद सजायको माग गर्दै मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा आइतबार न्यायाधीश केदारनाथ पौडेलको इजलासले ‘दाबी नपुग्ने’ फैसला सुनाएको हो।

गत वैशाखमा काठमाडौँ महानगरपालिकाले वाइवाई चाउचाउको गुणस्तर नभएको भन्दै चौधरी ग्रुपलाई २ लाख जरिवाना गराएको थियो। त्यसपछि वाइवाई चाउचाउको गुणस्तरबारे देशभर चर्चा भएको बेला पौडेलले पनि फेसबुकमार्फत वाइवाइको गुणस्तर नभएकाले नखाने घोषणा गरेका थिए।
पौडेलले ‘बाइबाइ वाइवाई चाउचाउ कसैले नखानु वाइवाई चाउचाउ’ भनेर फेसबुकमा लेखेका थिए। त्यसपछि चौधरी उनीविरुद्ध मुद्दा दायर गरेको हो।
पौडेलले आइतबार फेसबुकमार्फत् आफूले मुद्दा जितेको दाबी गरेका छन्। उनले भनेका छन्, ‘चौधरी ग्रुप सङ्गको मुद्दामा मैले आज बल्ल करिब १ वर्षमा न्याय पाएँ । चितवन जिल्ला अदालत लगायत मलाई सहयोग गर्नुहुने सबैलाई हृदयदेखि नमन गर्न चाहन्छु।’
सम्बन्धित खबर
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
बालेनको प्रचारका क्रममा अछाममा ढलेका पत्रकार दिनेश सिटौला रहेनन्
बालेन्द्रको घरमा चोरी भएको घटना के हो ?
सहिदका आकांक्षा पूरा गर्नु नै सच्चा श्रद्धाञ्जलीः प्रदेश प्रमुख भट्ट
सर्वोच्चले भन्यो- संसद् पुनः स्थापनको मागमा २० गते पेसी तोकिएको होइन, हल्ला फैलाइयो
निर्वाचनका लागि दल र उम्मेदवारलाई छुट्टै बैंक खाता खोल्न राष्ट्र बैंकको निर्देशन
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो