गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
तिमी गयौ शिखरै चढेर, मैले उठ्न सिक्दैछु लडेर फेरियौ मायालु आफै जानी जानी मलाई पाइला पाइलामा रूवाउन सफल छौ कसरी असफल भयौ र ? तिम्रो जिन्दगानी
मुटुमै बिझ्ने यी शब्दहरु हुन् डा. शिव सुवेदीको । उनै गीतकार तथा संगीतकार डा. सुवेदीले पुनः नयाँ गीत सार्वजनिक गरेका छन् ।
डा. सुवेदीले ‘फेरियौ मायालु’ बोलको गीत सार्वजनिक गरेका हुन् । दुई दिनअघि आफ्नै युट्युब च्यानलमार्फत उनले नयाँ गीत सार्वजनिक गरेका हुन् ।
गीतमा अहिलेका चर्चित गायिका समीक्षा अधिकारी र गायक कुशल बेलवासेको स्वर सुन्न सकिन्छ। माया–प्रेमको यो भाकालाई म्युजिक भिडियोमा उतारिएको छ। म्युजिक भिडियोलाई बिनोद भण्डारीले निर्देशन गरेका छन् भने सम्पादन मनोज कार्कीले गरेका हुन् । पछिल्लो समयका व्यस्त मोडल अनिल पौडेल, स्मारीका ढकाल र सुरेश कोलीले भिडियोमा अभिनय गरेका छन् ।
गीतकार सुवेदी र मोडल अनिल पौडेलको यो पहिलो सहकार्य भने होइन । मोडल पौडेलले पनि धेरे चर्चित गीतहरुमा अभिनय गरिसकेका छन् । सुवेदी भूकम्पविद् हुन् भने पौडेल इन्जिनियर हुन् ।
डा. सुवेदीको घाम जस्तो चम्किलो जुन हुँदैन, भुल्नै भयो धौ, कसको अनुमतिलगायत दर्जनौं गीत रुचाइएका छन् ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
विनोद बानियाँको ‘यहीँ दुःख गरम्ला’ सार्वजनिक
पोखराबाट बनेको प्रेमिल कथा ‘मायामा मायामा’
मिस नेपाल–२०२५ को ताज लुना लुँइटेलले पहिरिन्
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
वरिष्ठ गायिका लक्ष्मी न्यौपानेले ल्याइन् तीज गीत ‘म त मसक्कै’
राजु–देवी जोडीको ‘झलिको झलल’ गीतमा लाखौं टिकटक भिडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’