पोखरा । प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको छैठौं अधिवेशनले दीननाथ बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकोे छ । बरालको नेतृत्वमा आगामी ३ बर्षको लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
उपाध्यक्ष (खुल्ला) मा पुष्पराज दाहाल, उपाध्यक्ष (महिला) शोभा बराल, सचिवमा लिलाचन्द्र अधिकारी (सरोज), सहसचिवमा अर्जुन हिताङ र प्रतिभा अधिकारी, कोषाध्यक्षमा खगेन्द्र प्रसाद अर्याल चयन भए ।
अन्य सदस्यहरुमा कोपिला सुनार, अल्चना श्रेष्ठ, बलराम तिमिल्सिना, श्रीकान्त अधिकारी, सागर गिरी, राजेन्द्र नेपाली, रमेश पोख्रेल, कविता घर्तीमगर र प्रकाश बराल चयन भएका हुन् । उक्त कार्यसमितिमा २ जना सदस्य पुनः थप गर्न सकिने निवर्तमान अध्यक्ष कृष्ण दवाडीले बताए ।
त्यसैगरी केन्द्रिय परिषद सदस्यमा कृष्ण दवाडी, सिद्धान्त शाही (रणबहादुर),पदम रेग्मी, नारायण शाही ठकुरी, सन्तोष नेपाली र श्यामसुन्दर पराजुली(राज) चयन भएका छन् ।
त्यस्तै प्रदेश परिषद सदस्यमा श्रीभद्र पौडेल, शुरेसराज अधिकारी, हेमराज अधिकारी, फडिन्द्र अधिकारी, राम्जी प्रसाद आचार्य, मिनाकुमारी थापा, सन्देस श्रेष्ठ, रबिनाथ दाहाल, लक्ष्मी सुनार, राजकुमार घिमिरे, चिरन्जिवी पौडेल (उत्तम),सविना राना, लिलानाथ आचार्य, कृष्ण र थापा पोखरेल (शान्ति) चयन भएको निर्वाचन कमिटि संयोजक विश्वप्रकाश लामिछानेले बताए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह