पोखरा । ज्येष्ठ नागरिक सरोकार समाज नेपालले पोखरा–५, धारापानी निवासी १०५ वर्षे रामबहादुर खत्री क्षत्रीलाई सम्मान गरेको छ ।
समाजले क्षत्री जिउँदो इतिहास (जीवितपितृ) भएको ठहर गर्दै सम्मानपत्र, दोसल्ला, रुद्राक्षको माला र फलफूल प्रदान गरी सम्मान गरेको हो ।
समाजका अध्यक्ष भक्तराज श्रेष्ठले शताब्दी पार गरेका बुबालाई भेट्न पाउँदा खुसी लागेको जनाउँदै अनुज पुस्ताले उनीबाट आशीर्वाद लिनुपर्ने बताए । श्रेष्ठले परोपकारका कार्य गरे मोक्ष प्राप्ति हुने भनाइ राख्दै सहयोग गर्दा सुखानुभूति मिल्ने औंल्याए । धारापानी क्षेत्रमा अब धार्मिक स्थल निर्माण गर्नुपर्ने जनाउँदै अध्यक्ष श्रेष्ठले त्यसतर्फ आफू पनि लागि परेको भनाइ राखे ।
समाजका उपाध्यक्ष केशव ढकालले क्षत्रीको सुस्वास्थ्य एवं दीर्घजीवनको कामना गर्दै ज्येष्ठ नागरिक अनुभवका खानी भएको स्पष्ट पारे । उनले बुबाको सेवामा खट्ने केसी परिवारलाई धन्यवादसमेत दिए ।
छोरा ठाकुरजंगले बुबालाई सम्मान गरेकोमा समाजप्रति आभार प्रकट गर्दै सम्मान गर्ने संस्कृति आफैँमा महत्वपूर्ण भएको औंल्याए । त्यस अवसरमा धारापानी क्षेत्रमा क्रियाशील विभिन्न टोल विकास संस्था, आमा समूह, ज्येष्ठ नागरिक लगायतको उपस्थिति थियो ।
सम्बन्धित खबर
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बिटी कपमा सेमिफाइनल समिकरण पूरा, फाइनल खेल बिहीबार
माघ २७ देखि आहा ! रारा पोखरा गोल्ड कप
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु