पोखरा । पोखरा महानगर पालिका वडा नं– ६ मा स्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले १६औं वार्षिकोत्सव ज्येष्ठ नागरिकहरुलाई सहयोग गरि मनाएको छ ।
सहकारीले पोखरा– ६ मा रहेको शुभकामना जेष्ठ नागरिक पार्क लाई १ लाख रुपैयाँ बराबरको भान्सामा प्रयोग गरिने किचन सामाग्री वितरण गरेको छ । उक्त सामाग्री संस्थाका अध्यक्ष सूर्यनाथ पहारीले ज्येष्ठ नागरिक पार्क परिवारलाई सोमबार एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरेका छन् ।
सो अवसरमा वडा सदस्य बासुदेव बरालले ज्येष्ठ नागरिकहरूका लागि आवश्यक सेवा, सुविधा प्रदान गर्न वडा कार्यालय लागि परेको सुनाए । उनले अधिकारको संरक्षण र सम्वद्र्धन गरि उनीहरूमा भएको अनुभव, सीप, ज्ञान र क्षमतालाई लाई विकासको राष्ट्रिय मूल प्रवाहमा समाहित गदै योजनावद्ध ढङ्गले लाग्न सरकारलाई आग्रह गरे । ज्येष्ठ नागरिकहरूले परिवारमा पाउने सेवा, सुविधा एवं सम्मानमा क्रमश ह्रास हराउँदै गएको छ ।
यस अवस्थालाई अझ खस्किन नदिन, सामाजिक संस्कार र मान्यतालाई कायम राख्न आज हाम्रो लागि चुनौती बनेकोमा चिन्ता जनाए । उमेरको उत्तरार्धमा ज्येष्ठ जीवन बिताईरहेको ज्येष्ठ सदस्यहरूलाई प्राप्त सामाग्रीहरू राहत पुग्ने विश्वास व्यक्त गरे । अध्यक्ष सूर्यनाथ पहारीले सहकारीले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कामहरू गरेको स्मरण गर्दै, ज्येष्ठ नागरिकहरूको हकहित संरक्षण गरि उनिहरूलाई समाजमा उचित र यथोचित ढङ्गले सम्मान दिनु आवश्यक रहेको बताए । संस्थाले समुदायका ज्येष्ठ नागरिकलाई सहयोग गरेर संस्थाको वार्षिकोत्सव मनाउँदा आत्मसन्तुष्टि मिलेको जनाए । कार्यक्रममा नागरिक समाजका कास्की पूर्व संयोजक विष्णुहरि अधिकारी, सहकारीका उपाध्यक्ष सुन्दरराज पहारी, सचिव कुष्ण कुमारी पौडेल, ज्येष्ठ नागरिक सदस्य लोकराज पहारी र पार्क उपाध्यक्ष कुन्ता अधिकारी लगायतले ज्येष्ठ नागरिकहरूले परिवारमा पाउने सेवा, सुविधा एवं सम्मानमा ह्रास आउँदै गएकोमा चिन्ता व्यक्त गरेका थिए ।
ज्येष्ठ नागरिक पार्क परिवारले संस्थालाई माया गरेर आज यहाँसम्म पुर्याउनु हुने सबैलाई धन्यबाद व्यक्त गर्दै, आउँदा दिनहरूमा पनि सहयोगी हातहरू लिएर आउन आग्रह गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर