क्यान महासंघ, कास्कीको आयोजनामा हुने १२ औं क्यान इन्फोटेक, २०२५ को टाइटल स्पोन्सरका रूपमा ‘यूएनभी बाइ इगल टेक नेपाल’ अनुबन्धित भएको छ।
माघ १० गतेदेखि पोखरा प्रदर्शनी केन्द्रमा हुने क्यान इन्फोटेकमा ‘यूएनभी बाइ इगल टेक नेपाल’ले टाइटल स्पोन्सर गरी क्यान कास्कीसँग सहकार्य गरेको छ।
पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखरा प्रदर्शनी केन्द्रमा हुने राष्ट्रिय औद्योगिक व्यापार मेलामा क्यान महासंघ कास्कीको समेत सह आयोजक रही १२औं क्यान इन्फोटेक हुन लागेको हो। जसको टाइटल स्पोन्सरको रूपमा ‘यूएनभी बाइ इगल टेक नेपाल’ सामेल गराइएको क्यान कास्की सचिव दामोदर डुम्रेले जानकारी दिए।
‘यूएनभी बाइ इगल टेक नेपाल’ विश्व प्रसिद्ध डिजिटल सेक्युरिटी उत्पादक कम्पनी हो भने नेपालको लागि आधिकारिक वितरक इगल टेक नेपाल रहेको छ।
यूएनभीले नेपालभर २ सय भन्दा बढी डिलर नेटवर्कमार्फत अत्याधुनिक डिजिटल सुरक्षा र अफिस अटोमेसन सामग्रीहरूको बिक्री वितरण गरिरहेको जनाएको छ। यसमा सीसीटीभी क्यामेरा, मोनिटर, स्टोरेज डिभाइस, ओल भ्यू आइपी क्यामेरा जस्ता उत्पादहरू समावेश छन्, जसले राति पनि स्पष्ट दृश्य प्रदान गर्न सक्छ।
थप रूपमा, स्मार्ट बोर्ड, नेटवर्क उपकरण, एनालग क्यामेरा, पीटीजेड् क्यामेरा, थर्मल क्यामेरा, बुलेट र टुरेट सिरीज, इन्टेलिजेन्ट ट्राफिक समाधान, भिडियो रेकर्डर, स्टोरेज, एक्सेस कन्ट्रोल, र स्पीड गेट्सजस्ता अत्याधुनिक समाधानहरू पनि उपलब्ध गराउँदै आएको यूएनभीका नेशनल सेल्स म्यानेजर सर्दक अधिकारीले जानकारी दिए ।
सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थालगायत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको उत्पादन तथा प्रदर्शनसहित प्रत्यक्ष सहभागिता रहने क्यान महासंघ कास्कीले जनाएको छ।
क्यान महासंघ कास्कीका अध्यक्ष पुरूषोत्तम कुँवरका अनुसार यो प्रदर्शनी सूचना प्रविधिसम्बन्धी चासो राख्नेहरूका लागि यस क्षेत्रमा भएका नवीनतम विकास र प्रविधिको प्रयोगका बारेमा जानकारी हासिल गर्ने विशेष थलो बन्नेछ ।
उनले भने – ‘क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरूलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकको आवश्यकता बुझ्ने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरू सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध प्रगाढ बनाउने एक अभूतपूर्व अवसर प्रदान गर्नेछ।
प्रदर्शनीमा व्यवसायीहरूले व्यापार र विस्तारका साथै नवीनतम प्रविधिको प्रदर्शन गर्नेछन्। राष्ट्रिय औद्योगिक व्यापार मेलाको परिषद्मा आयोजना हुने १२ औं क्यान इन्फोटेकमा अवलोकनकर्ताले सूचना तथा सञ्चार प्रविधिसम्बन्धी विभिन्न प्रदर्शनी तथा स्टलहरूको अवलोकन गर्न पाउनेछन्।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’