तनहूँको शुक्लागण्डकी–११, गामी छाक्रामा ‘गामी छाक्रा कप’ को १० औं संस्करण यही माघ १८ गतेदेखि २३ गतेसम्म सुरू हुँदैछ।
“विकास, अनुशासन, गतिशीलता, युवाहरूको सक्रियता, आजको आवश्यकता” मूल नाराका साथ हुने प्रतियोगितामा साविक वडास्तरीय पुरुष तथा वडा स्तरीय महिला भलिबल प्रतियोगिता तथा विभिन्न सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ।
पुरुषतर्फ पहिलो स्थान प्राप्त गर्ने टोलीले नगद ४५ हजार, शिल्ड र मेडल प्राप्त गर्नेछ। दोस्रो स्थान प्राप्त गर्ने टोलीले नगद ३० हजार, शिल्ड र मेडल तथा तेस्रो हुने टोलीले नगद १५ हजार, शिल्ड र मेडल जित्नेछ।
महिलातर्फ पहिलो स्थानको पुरस्कार नगद २० हजार, शिल्ड र मेडल रहेको छ। दोस्रो स्थानमा रहनेले १२ हजार, शिल्ड र मेडल तथा तेस्रो स्थानले ८ हजार, शिल्ड र मेडल प्राप्त गर्ने क्लबका अध्यक्ष ज्ञाम बहादुर परियारले जानकारी िदए ।
पुरुषतर्फ प्रतियोगितामा सहभागिताका लागि चार हजार र महिलातर्फ एक हजार मात्र टीम दर्ता शुल्क तोकिएको छ।
प्रतियोगितामा प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विशेष “बेस्ट प्लेयर अवार्ड” प्रदान गरिने क्लबका सचिव शिखर कार्कीले जानकारी दिए ।

गामी छाक्रा युवा क्लबका युवाहरूको सक्रिय सहभागिता र स्थानीय तहको समर्थनले प्रतियोगिता निरन्तर सञ्चालन हुन सफल भएको छ। यस प्रतियोगिताले स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्न र उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अघि बढ्न प्रेरणा दिने आयोजकको विश्वास छ ।
प्रतियोगिता आगामी पाँच दिनसम्म चल्नेछ। खेलप्रेमीहरूको उत्साहजनक उपस्थिति र रोमाञ्चक खेल प्रदर्शनले प्रतियोगितालाई थप रौनक दिने अपेक्षा गरिएको छ।
गामी छाक्रा युवा क्लबले आयोजना गरेको यस कार्यक्रमको सहआयोजक गामी छाक्रा टोल विकास संस्था, गामी छाँक्रा आमा समूह र जनजागृति युवा क्लब रहेको छ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?