काठमाडौं । प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध अहिले अनेक खालका घेराबन्दी गरिएको बताएका छन् ।
सोमबार प्रेस चौतारी नेपाल बर्दियाको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै पाण्डेले प्रधानमन्त्री र सरकार विरुद्ध अनेक खालका भ्रम फिँजाउने काम भएको उल्लेख गरे । ‘प्रधानमन्त्री केपी शर्मा ओली माथि निकै ठूलो घेराबन्दी भइरहेको छ, निकै ठूलो भ्रम फैलाउने काम भइरहेको छ, निकै धेरै मिथकहरू फैलाइएका छन्’, उनले भने ।

सरकारले गरेका सकारात्मक कामको पनि चर्चा हुनुपर्नेमा उनले जोड दिए । अहिलेको सरकारले अर्थतन्त्रलाई लयमा फर्काउने र रोकिएका विकास निर्माणलाई अघि बढाउने काम गरिरहेको भन्दै पाण्डेले यस्ता विषय समाचारका विषय बन्नु पर्ने बताए । ‘त्यो देखेर केही मानिसहरू अत्तालिएका छन् र प्रधानमन्त्रीका विरुद्ध भ्रमको खेती गरिएको छ’, पाण्डेले भने ।
अहिले केही शक्तिहरूबाट नेपालको विकासको गति रोक्ने र आत्मनिर्भर नेपाल बनाउने अभियानलाई रोक्ने प्रयत्न भइरहेको पाण्डेले बताए । यसतर्फ सञ्चार जगत् सचेत हुनुपर्नेमा उनले जोड दिए । ‘यस्ता प्रवृत्तिका विरुद्ध जुध्न र कलम चलाउनको लागि पत्रकारहरूलाई अनुरोध गर्दछु’, उनले भने ।
सम्बन्धित खबर
ग्यास अभावमा व्यवसाय बन्द हुनथालेपछि भारतबाट फर्कन थाले नेपाली
नेविसंघले गर्यो माउ पार्टी कांग्रेससँग सम्बन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने निर्णय
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
रास्वपाले भोलि मन्त्रीको नाम टुंगो लगाउने, बैठक बस्दै
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह