पोखरा सिर्जनाचोक स्थित साइमन पार्टी प्यालेसबाट झण्डै १५ लाख रुपैंया चोरी घटनामा आफ्ना दुई पूर्व कर्मचारी संलग्न रहेको खुलेको छ । उनीहरु २ दिनमै पक्राउ परिसकेका छन् ।
११ माघ राती पार्टी प्यालेसको कार्यालय कक्षको र्याकमा राखिएको १४ लाख ७४ हजार रुपैयाँ चोरी भएपछि सञ्चालक विनोद पौडेलले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए । कास्की प्रहरीले घटनाको दुई दिनमै चोरीमा संलग्नलाई पक्राउ गरी सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा रुपन्देही जिल्लाको देवदह नगरपालिका(१० घर भएका २२ वर्षीय ईश्वर श्रेष्ठ र स्याङ्जाको भिरकोट नगरपालिका ३ की २९ वर्षीया पूजा श्रेष्ठ हुन्। उनीहरूलाई प्रहरीले बुटवल उपमहानगरपालिका वडा ११, कालिका नगरको एक होटलबाट नगद १२ लाख ५२ हजार ५८० रुपैयाँसहित पक्राउ गरेको हो।
ईश्वर र पूजा उक्त पार्टी प्यालेसमा करिब चार महिनाजति वेटर पदमा काम गरी गत ८ माघमा मात्र जागिर छाडेका थिए। उनीहरू पतिपत्नी नभए पनि पछिल्लो समय सँगै बस्ने गर्दै आएका र केटीले पहिले अर्कैसँगै बिहे गरी छाडेकी बुझिन्छ ।
कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले उनीहरूविरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए। डीएसपी शर्माले प्राप्त उजुरीपछि चोरीमा संलग्नको फोन ट्रयाकको आधारमा रुपन्देही प्रहरीको सहयोगमा पक्राउ गरिएको बताए।
पार्टी प्यालेस सञ्चालक पौडेलका अनुसार आफूहरूले पार्टी प्यालेसको संरचना थप गरिरहेकोमा विवाह पार्टीबाट जम्मा भएको रकम तथा ढुंगा, बालुवा र गिट्टीको पैसा तिर्न भनी र्याकमा राखेको उक्त परिणामको रकम पूर्व कर्मचारीबाटै चोरी भएको जानकारी दिए।
सञ्चालक पौडेलका अनुसार लेकसाइडमा काम पायौं भनी उनीहरु दुवैले एकैपटक माघ ८ गते जागिर छाडेका थिए। त्यसको दुई दिन नबित्दै सीसीटीभी हेर्दा उनैले चोरी गरेको खुलको हो।
११ माघ राति १ बजे भएको सो चोरीबारे सञ्चालक विनोदले भोलिपल्ट र्याक खोल्दा चोरी भएको थाहा पाएका थिए। रकम चोरी गर्ने क्रममा र्याकको ताला फोडिएको थियो भने नजिकैको सीसीटीभी फुटाइएको थियो।
घटनापछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले टोलीले अनुसन्धान जारी राखेको थियो। कास्की प्रहरीका अनुसार उनीहरूको साथबाट साढे १२ लाख बरामद गरे पनि बाँकी २ लाख रकम खर्च गरिसकेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
सम्बन्धित खबर
बुबाको हत्या आरोपमा छोरालाई कारागार
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर