पोखरा । ‘द कोरस ब्याण्डले अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा आफ्नो २ वटा गीत विमोचन गर्ने भएको छ ।
आगामी फागुन ११ गते आइतबार विविध सांगीतिक कार्यक्रमको आयोजना गर्दै विमोचन गर्ने तयारी रहेको ब्याण्डका भोकलिस्ट छुतमान गुरुङले बताए ।
उनका अनुसार उक्त दिन ‘जाली रुमाल र असारे महिना’ बोलको गीत सार्वजनिक गरिनेछ ।
भोकलिस्ट गुरुङले आफ्नो गाउँठाउँको सिर्जनालाई संगीतको माध्यमबाट प्रस्तुत गरिएकाले घान्द्रुकबाटै विमोचन गर्न लागिएको बताए ।
लब्सन गुरुङको निर्देशनमा बनेको ‘जाली रुपमाल’मा सरुन गुरुङले स्वर भरेका छन् । कोरस ब्याण्डको रचना तथा संगीत, म्युजिक एरेनजमेन्ट गोपाल रसाइलीले गरेका छन् भने, नविन थापाको छायांकन, ड्रोन विशाल तामाङ) र एकिन गुरुङ र दिनल पाइजा पुनको अभिनय रहेको छ ।
यस्तै ‘असारे महिना’मा छुतमानले आवाज दिएका छन् । यस्तै अमृत गुरुङ, जुना गुरुङ, सुरज गुरुङ र इशु गुरुङको अभिनय रहेको छ ।
ब्याण्डका सदस्यहरुमा सरुन गुरुङ (भोकल तथा मादल) छुतमान गुरुङ (भोकल), विनोद गुरुङ (लिड गितार), सुवास गुरुङ (बेस गितार), मनिष गायक (किबोर्ड), गुप्त गुरुङ (ड्रम) र एकिन गुरुङ ब्याण्ड व्यवस्थापक रहेका छन् ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर