पोखरा । विश्व सिमसार दिवस २०२५को अवसरमा पोखराको फेवाताल किनारमा सिमसार संरक्षणमा जनचेतना अभिबृद्धि गर्ने लक्ष्यका साथ फोटो प्रदर्शनी गरिएको छ । पत्रकार कृष्णमणि बरालद्धारा खिचिएका सिमसारका विभिन्न अवस्था झल्कने फोटो प्रदर्शनी भएको हो ।
राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल, सामुदायिक सेवा केन्द्र एवंम् सामुदायिक प्रहरी सेवा बैदामको आयोजना र पोखरा महानगरपालिका वडा नं ६ को सहयोगमा भएको सिमसार संरक्षण फोटो प्रदर्शनीमा विगत २० वर्ष यता विभिन्न समयमा खिचिएका फेवाताल सहित पोखराका ९ तालका विभिन्न अवस्था झल्कने ३५ वटा तस्बिर प्रदर्शनमा राखिएको पत्रकार कृष्णमणि बरालले जानकारी दिए ।
२० वर्षकै अन्तरालमा फेवाताल कसरी साँगुरिएको छ र प्रदूषणको चपेटामा पर्दै गएको छ भन्ने तुलनात्मक तस्बिर प्रदर्शनीमा राखिएको थियो । सिमसार, सिमरामा पाइने जीव, सबै प्राणीकालागि नभैनहुने पनीका स्रोत संरक्षणकालागि जनचेतना जगाउने उद्देश्यका साथ संरक्षण फोटो प्रदर्शनी गरिएको पत्रकार बरालले बताए ।

फोटो प्रदर्शनीको समुहिक रुपमा पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष विष्णुुबहादुर भट्टराई, हर्पन फेवा मत्स्य सहकारी संस्था लिमिटेडका अध्यक्ष ज्ञानबहादुर जलहारी र वडा प्रहरी कार्यालय वैदामका प्रमुख प्र.ना.उ.सन्तोष निरौलाले उद्घाटन गरेका थिए । सिमसार क्षेत्रको संरक्षणका साथै पर्यावरणीय संरक्षणमा यो प्रदर्शनीले जनचेतता अभिबृद्धि गर्ने वडा अध्यक्ष भट्टराईले विश्वास गरे ।
२० वर्षकै अवधीमा ताल धेरै साँगुरिदै जानुको साथै प्रदूष(ाको चपेटमा परेकोले पुर्खौदेखि माछा मारेर जिवीका चलाउँदै आएका जलारी समूदायको पेशा नै संकटमा पर्दै गएको हर्पन फेवा मत्यस सहकारीका अध्यक्ष ज्ञानबहादुर जालरीले बताए । देख्दा देख्दै ५० प्रतिशत भन्दा बढी ताल पुरिएकोमा पनि उनले चिन्ता व्यक्त गरे । वडा प्रहरी कार्यालय बैदामका प्रमुख सन्तोष निरौलाले प्राकृतिक स्रोतको संरक्षण्मा सबै हातेमालो गरेर अघि बढ्नु पर्नेमा जोड दिए ।
आयोजक संस्था राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल, सामुदायिक सेवा केन्द्र एवंम् सामुदायिक प्रहरी सेवा बैदामका अध्यक्ष ठाकुर प्रसाद बरालले संकटमा पर्दै गएका पोखराका सिमसार संरक्षणकालागि सबैलाई ध्यान आकर्षण गर्न फोटो प्रदर्शनीका आयोजना गरिएको बताए । सिमसार लगायत सबै प्राकृतिक स्रोत संरक्षणकालागि आगामी दिनमा पनि निरन्ता दिने पनि उनले बताए । सिमसार संरक्षण फोटो प्रदर्शनीको विभिन्न विद्यालयका विद्याथी, आमा समूह, पोखरा घुम्न आएका स्वदेशी तथा विदेशी पर्यटक लगायतले अवलोकन गरेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन