पोखरा । पोखरा महानगरपालिका क्षेत्रमा करिब २३ हजार ७४८ बालिकाहरूलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ। उक्त अभियानको शुभारम्भ नगर प्रमुख धनराज आचार्यले मालेपाटनस्थित वाराही माध्यमिक विद्यालयबाट गरेका छन् ।
आजदेखि फागुन ६ गतेसम्म महानगरका २ सय ७५ विद्यालय र ४७ वटा स्वास्थ्य संस्थाहरूमा ३ सय ४४ जना स्वास्थ्यकर्मी र ६ सय ८८ जना स्वयंसेवक परिचालन गरी यो खोप अभियान सञ्चालन गरिने जनस्वास्थ्य अधिकृत तेजाखर लम्सालले जानकारी दिए ।
विद्यालय उमेरका कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरू तथा विद्यालयबाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका तथा किशोरीहरूलाई यो खोप प्रदान गरिनेछ। नगर प्रमुख आचार्यले छोरीहरूको स्वस्थ जीवन र भविष्यमा आउन सक्ने सम्भावित स्वास्थ्यसम्बन्धी जोखिम न्यूनीकरण गर्नका लागि यो खोप अनिवार्य रूपमा लगाउन आह्वान गरेका छन् ।
नेपालमा पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई एचपीभी खोप लगाउने, ३० वर्ष माथिका महिलाहरूको पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ)गर्ने र पाठेघरको मुखको क्यान्सर रोग निदान भएका महिलाहरूको नियमित उपचार गर्ने अभियानहरू सञ्चालन भइरहेका छन्।
सम्बन्धित खबर
तनहुँको एक सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ
पूर्वराजा ज्ञानेन्द्र पोखरा आउने
कविता गाउँ लुम्लेको स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाइँदै
प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा अर्याल सर्वसम्मत
काँक्रोको बीउ बिक्री गरेर पर्वतमा छ करोड आम्दानी
घान्द्रुक पर्यटन महोत्सव आगामी फागुन ७ देखि हुने
यो पनि पढौँ
तनहुँको सत्र सयमा दुर्घटना, भरतपुरकी युवतीको मृत्यु
हाइड्रोपावरको लोडर पल्टिँदा लमजुङका घलेको मृत्यु
तनहुँमा टिपरले ठक्कर दिँदा पोखराकी अप्सरा क्षेत्रीको मृत्यु, छोरा घाइते
गण्डकीमा प्रदेश दिवसमा माघ २२ गते सार्वजनिक बिदा