पोखरा । नेपाल पुस्तक तथा स्टेसनरी व्यबसायि महासंघ गण्डकीले स्याङ्जाको एक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।
महासंघ गण्डकीले सोमबार १२ औं राष्ट्रिय पुस्तक दिवस तथा सरस्वती पूजाको अवसर पारेर स्याङ्जाको आँधीखोला– ५ स्थित प्रधुम्न पनेरु मा.बि.लाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।
आँधीखोला गाउँपालिका प्रमुख विश्व पौडेल, प्रधुम्न पनेरु मा.बि. बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमनारायण देबकोटा र प्रध्यानाध्यापक दिप्तिनारायण शर्माको रोहबरमा विद्यार्थीलाई पाठ्य पुस्तक, कापी, कलम, खेलकुदका सामग्री, बालकथा सहितका शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथी समेत रहेका आँधीखोला गाउँपालिका प्रमुख पौडेलले कार्यक्रमको शुभारम्भ गर्दै पुस्तक तथा स्टेसनरी व्यवसायीले समाजमा गरेको ज्ञान बाढ्ने सेवामुखी व्यवसाय प्रशंसा योग्य रहेको बताए । उनले नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ गण्डकी प्रदेश सामाजिक क्षेत्रमा समेत अग्रसर भएकोमा खुसी व्यक्त गर्दै आफ्नै गाउँपालिकाको विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेर विधार्थीहरुको पठन संस्कृतिको विकासका लागि टेवा पुर्याउने काम गरेकोमा आभार व्यक्त गरे।
महासंघ गण्डकी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद पोख्रेलले आफुले अध्ययन गरेको विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गर्न पाउदा खुसि लागेको बताए । उनले आँधीखोला गाउँपालिकाका सामुदायीक विद्यालयहरू मर्ज गरी प्रयाप्त शिक्षकहरुद्वारा विद्यार्थीहरुको पढाइ सञ्चालन गनुपर्नेमा जोड दिए। अध्यक्ष पोखरेलले आगामी दिनहरूमा बिद्यालयका शैक्षिक सुधारका कार्यक्रममा सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष रामचन्द्र नेपालले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन सह–सचिव सुरेन्द्र बास्तोलाले गरेका थिए ।
कार्यक्रममा आँधीखोला गाउँपालिका उपाध्यक्ष सीता थापा, वडाध्यक्ष कृष्ण पनेरु, शिक्षा प्रमुख लक्ष्मी सापकोटा, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ गण्डकी प्रदेशका सदस्य दुर्गादत्त आचार्य, टंक ढकाल, रमेश पौडेल, महासंघ कास्कीका निवर्तमान अध्यक्ष कविन्द्र प्रसाद पोखरेल, महासंघ कास्कीका कोषाध्यक्ष प्रकाश प्रसाद पोख्रेल लगायत विद्यालयका शिक्षक, कर्मचारी एवं विद्यार्थीहरुको उल्लेख उपस्थिति रहेको महासंघ गण्डकी प्रदेशका सहसचिव सुरेन्द्र बास्तोलाले जानकारी दिए ।
सम्बन्धित खबर
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो