पूर्वराजा ज्ञानेन्द्र पोखरा आउने

पूर्वराजा ज्ञानेन्द्र पोखरा आउने

स्वागत कार्यक्रमलाई भव्य बनाइने

ex-Gyanendra-Shaha_visit_pokhara

पोखरा । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह पोखरा आउने भएका छन् । पूर्वराजालाई स्वागत गर्न बिहीबार पोखरामा प्रारम्भिक छलफल भएको छ ।

पूर्वराजा ज्ञानेन्द्र यही माघ २७ गते पोखरा आउने कार्यक्रम छ। सो अवसरमा भव्य स्वागत कार्यक्रम आयोजना गर्न पश्चिमाञ्चलबासी नेपाली जनताले विभिन्न योजनाबारे छलफल गरेको बैठकमा सहभागीहरुले बताएका छन्।

स्वागत कार्यक्रमलाई भव्य बनाउन आवश्यक तयारी थालिएको आयोजक पक्षले जानकारी दिएको छ।

यसअघि २०७५ पुस २ गते पूर्व राजा ज्ञानेन्द्रलाई पोखरामा भव्य स्वागत गरिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds