धनगढी, ३० माघ । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले धर्म, अध्यात्म र साधना असल संस्कार र संस्कृतिका निर्माता भएको बताएका छन् ।
कैलालीको धनगढीमा आयोजित श्रीमद्भागवत् सप्ताह ज्ञान विज्ञान महायज्ञ २०८१ को समापन समारोका प्रमुख अतिथि भट्टले यसप्रकारका समारोहले असल समाज निर्माणमा टेवा पुग्ने बताए ।
‘धर्म, अध्यात्म र साधना भनेको हाम्रो समाजका ऐना हुन् । असल संस्कार र संस्कृतिका निर्माता हुन् ।’ – उनले भने– ‘जसले असल समाज निर्माण गर्ने बाटोमा अगाडि बढाउँदछन् ।’

धार्मिक पर्यटनको विकासका लागि शुद्ध मनहरूबाट यस्ता सत्कर्मका प्रयासहरू आवश्यक रहने बताउँदै उनले विश्वका कयौँ देशहरुले धार्मिक पर्यटनबाटै विकासमा फड्को मारेको बताए ।
धार्मिक तथा अध्यात्मिक जागरणमा यस्ता समारोहले टेवा पुग्ने विश्वास व्यक्त गर्दै उनले समाजलाई सही मार्गनिर्देश गर्न पनि सहयोग पुग्ने उल्लेख गरे ।
मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश शाखाको भवन निर्माण गर्ने पवित्र उद्देश्य लिएर आयोजित यस यज्ञले लक्ष्य अनुसार प्राप्ति हाँसिल गरेकोमा आफू आशावादी रहेको उनले बताए ।

उनले भने – ‘यो यज्ञको उद्देश्यप्राप्ति पश्चात् खुला आकाशमुनी सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन बिताउन विवश सहयोगापेक्षी सडकआश्रित मानवमुक्त समाज बनाउने लक्ष्य साकार हुनेछ ।’

सम्बन्धित खबर
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
बालाचतुर्दशीमा पशुपतिनाथ तथा शिवालयहरूमा शतबीज छर्नेको घुइँचो
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ मनाइयो
छठ प्रकृति र मानव जीवनबीचको सम्बन्ध स्थापित गर्ने पर्वः प्रदेश प्रमुख भट्ट
आजदेखि छठ पर्वको विधिवत् शुभारम्भ, कुन दिन के गरिन्छ ?
पोखराको भाइटीका महोत्सवमा १२ देशका एक सय पर्यटक सहभागी
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान