नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे मंगलबार स्याङ्जा आउने भएका छन् । अर्जुनचौपारी गाउँपालिकामा नवनिर्मित नेपालकै पहिलो नवग्रह मन्दिर उद्घाटन गर्न पाण्डे स्याङ्जा आउने भएका हुन् ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका – १ पञ्चकन्या तथा जलवराह धार्मिक वन केटीचौर (सिमलचौर) मा अवस्थित पञ्चकन्या देवी मन्दिरको नजिकै नेपालकै पहिलो नवग्रह (नौ आकाशीय पिण्ड) मन्दिरको निर्माण गरिएको छ ।
नेपालमा ग्रहकै मात्र पूजा गरिने मन्दिर नभएको अवस्थामा पहिलोपटक नवग्रह मन्दिर अर्जुनचौपारीमा निर्माण गरिएको हो । घर तथा शक्तिपीठको एक नवग्रहको प्रतिमा राखेर पूजा गर्ने गरिएकोमा यहाँ नवग्रह मन्दिरको दर्शन तथा पूजा गर्न पाइने भएको हो ।
नवग्रह मन्दिर बनेसँगै पालिकाले प्राण प्रतिष्ठा तथा अनुष्ठान महाशिवरात्रीको अवसर पारेर गर्ने तयारी गरेको छ । यही फाल्गुन ६ देखि १४ गतेसम्म एक करोड २५ लाख दीप प्रज्वलन गरी भव्य रूपमा अनुष्ठान गर्ने गाउँपालिकाको तयारी रहेको छ ।
विरलै आउने महाकुम्भको समय अत्यन्त शक्तिशाली र पवित्र हुने हुँदा यसै अवसरमा अनुष्ठान सम्पन्न गर्ने गरी पालिकाले नवग्रह मन्दिरको निर्माण गरेको हो । आचार्य श्री चैतन्य कृष्ण महाराज गुरु प्रमुख वाचक रहने प्राण प्रतिष्ठा तथा अनुष्ठानमा राधिका दाशी, केएन स्वामी, लोकानन्द स्वामी लगायतले धार्मिक प्रवचन र देवी घर्ती, राजु ढकाल, खुमन अधिकारी लगायतका कलाकारले मनोरञ्जन दिनेछन् ।
सम्बन्धित खबर
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
वालिङमा पहिलो सडक खाना महोत्सव : स्थानीय स्वाद र संस्कृतिको भव्य तयारी
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’